खगराज सापकोटा
पौष १० -गैडाको आक्रमण बाट आज बिहान जिल्लाको कावासोती नगरपालिका १५ शेरगञ्जमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । घरको आगंनमा आगो तापिरहेको समयमा गैडाले आक्रमण गर्दा स्थानीय ३ वर्षकी सोयता महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । गैडाको आक्रमण बाट मृतककी हजुरआमा ७० वर्षिय बुद्धी कुमारी महतो गम्भिर घाईते भएकी छन् । जाडोको समयमा आगनमा नातिनी लाई लिएर आगो तापिरहेको समयमा गैडाले आक्रमण गरेको हो । घाईते महतो उपचारका लागि मध्यविन्दु सामुदायिक अस्पताल डण्डा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको हो । घाईते बुद्दि कुमारी महतोलाई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
