27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 08:55

TRENDING .

जोरपाटी-सुन्दरीजल सडक निर्माणमा अवरोध गर्ने पूर्व सिडिओ सहित ४० जना प्रहरी नियन्त्रणमा

- Advertisement -

१० पुस, काठमाडौं । जोरपाटी-सुन्दरीजल सडकखण्ड विस्तारमा बाधा पुर्‍याउने खोज्ने पूर्वसिडिओ गीताप्रसाद खनालसहित ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान पक्राउ परेका उनीहरुलाई गौशाला प्रहरी कार्यालयमा राखिएको छ ।

आइतबार बिहान सडक विस्तारको विरोध गर्दै सडकमा प्रदर्शन गर्न थालेपछि पूर्वसिडियोसहित स्थानीयबासी पक्राउ परेका हुन् ।

पक्राऊ पर्ने पूर्वसहसचिव गीताप्रसाद खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वकर्मचारी समेत हुन् । खनाल डडेलधुरा, स्याङ्जा, गुल्मी र बजाङमा सिडिओ बनिसकेका व्यक्ति हुन् ।

जोरपाटीदेखि सुन्दरीजलसम्म सडक विस्तार गर्दा ८ सय ७१ वटा घरको केही भाग भत्कने भएपछि पूर्वसिडियोको नेतृत्वमा स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । आइतबार बिहानै जोरपाटीमा पूर्वसिडिओ खनालको नेतृत्वमा सडक विस्तार प्रक्रियाविरुद्ध उनीहरुले प्रदर्शन गरेका थिए ।

आफूहरुले चलनचल्तीको मूल्य बराबर घरको क्षतिपूर्ती र जग्गाको मुआब्जा नपाएसम्म सडक विस्तार हुन नदिने भन्दै करिब २ सय जना स्थानीयबासीहरु प्रदर्शनमा उत्रिएका थिए । उक्त क्षेत्रमा प्रतिआना १५ देखि ४० लाख रुपैयाँमा बिक्री जग्गाको कारोबार भइरहेको छ ।

पक्राउ परेका पूर्वसिडियो गीताप्रसादले अनलाइनखबरसँग भने- ‘तलन चल्तीको भाऊमा मुआब्जा नपाएसम्म हामी घर भत्काउन दिँदैनौं ।’

उनले त्यहाँ बाटो विस्तार नगर्नू भने सर्वोच्च अदालतले समेत आदेश दिइसकेको बताए । आफूहरुले शान्तिपूर्ण रुपमा माग राख्दा प्रहरीले थुनेको उनले गुनासो पोखे ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्