कावासोती, पुस-१०, खगराज सापकोटा । हिजो अबेर साँझ नवलपरासीको पहाडी गाविसमा भएका २ छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बेनिमणिपुर-८ भित्रि सडक खण्डमा उत्तर देखि दक्षिन आउदै गरेको लु २ त ६१६६ नम्बरको ट्याक्टर अनियन्त्रित भै पल्टदा ट्याक्टरमा सवार बर्ष १४ का होम बहादुर रानाको मृत्यु भएको इलाका प्रहरी दुम्किबासले जनाएको छ । त्यसै गरी यता राकाचुली-९ स्थित चन्दा-तारा पहाडी सडक खण्डमा लु २ त ५४०३ नम्बरको ट्याक्टर मा सवार बर्ष ५५ का हुम बहादुर लामिछानेको सोहि ट्रयाक्टरले किचेर मृत्यु भएको छ । उनि ट्रयाक्टर बाट खसेको र ट्रयाक्टरको पछाडिको पांग्राले किचेर उपचारको लागी लादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी दुम्किवासले जनाएको छ ।