24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

११८ यात्रु बोकेको लिबियाली विमान अपहरणमा

- Advertisement -Flowers in Chania

११८ यात्रु बोकेको लिबियाली विमान अपहरणमा परेको छ। आफ्रिकिया एयरको ए ३२० विमान लिबियाको सेवहा विमानस्थलबाट स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ९ बजे राजधानी त्रिपोलीका लागि उडेको थियो।

विमान भुमध्य सागरमाथि उडिरहेको बेला दुई जना यात्रुले आफूसँग ग्रिनेड भएको र आफूले भनेको ठाउँतिर नउडाए त्यो पड्काइदिने धम्की दिएर विमान अपहरण गरेका थिए।

अपहरित विमानलाई उनीहरूले माल्टामा अवतरण गराएको बिबीसीले जनाएको छ।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले विमान अपरहणमा परेर माल्टामा अवतरण गराइएको जानकारी आएको ट्विटरमार्फत जनाएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्