27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 10:55

TRENDING .

अन्तर्जातीय प्रेम सम्बन्धले घरबार उजाड्यो… बुढेसकालको मायाले गाउँ निकाला गरायो

- Advertisement -

पुस-८, दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन्। अर्बेनी–५ का ७५ वर्षीय लालबहादुर सुनार र छिमेकी ४३ वर्षीया सावित्रा न्यौपानेबीच सम्बन्ध रहेको भन्दै गाउँलेले गाविस कार्यालयमै छलफल गराएर हस्ताक्षरसमेत गराई गाउँ छाड्न लगाएका हुन्। न्यौपानेका आफन्तको दबाबमा सुनारको घरसमेत भत्काइएको छ।

सरदमुकाम तम्घासबाट झन्डै ६० किमि टाढा पूर्वमा रहेको अर्बेनी गाविसमा साताअघि यो घटना भए पनि डरले दुवै जना जंगलमा गएर बसेकाले यसको खुलासा हुन सकेको थिएन। स्थानीय दलित अधिकारकर्मीले बेपत्ता भएको भन्दै खोज्दा जंगलको ओडारमा फेला परेपछि घटना खुलेको हो।

पुस १ को बिहान ५ बजे लालबहादुरको घरमा सावित्रालाई फेला पारेपछि सावित्राका भतिज चिन्तामणि न्यौपानेको नेतृत्वमा भेला भएका स्थानीयले दुवैलाई गाउँ घुमाएर गाविसमा कागज गराई गाउँबाटै धपाएका थिए। गाविसमा भएको छलफलमा स्थानीय कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसहित आमा समूह र महिला प्रतिनिधि समेतको उपस्थिति थियो। ‘एक्कासि मान्छे जम्मा भए र उनीहरूले नै लेखेको कागजमा औंठाछाप लगाउन लगाए,’ लालबहादुरका छोरा ३७ वर्षे अनुरामले भने, ‘त्यतिले पनि नपुगेपछि घर नै भत्काउन लगाए।’ बाबु र ती महिलालाई गाउँबाट धपाएपछि फर्केर आएका स्थानीयले घर भत्काउन दबाब दिएका थिए। ‘नभत्काए आगो लगाइदिन्छौं भनेपछि आफैं भत्काएँ,’ उनले भने।

अनुरामले नै बाबु खोजिदिन भन्दै स्थानीय दलित अगुवालाई गुहारेपछि सबैको पहलमा दुवै जनालाई छिमेकी गाविस हर्मिचौरको हार्से जंगलभित्र भीरको ओडारमा फेला पारिएको हो। ‘एक रात हर्मिचौरको नेपाली सेनाको क्याम्प नजिकैको पीपलको रूखको फेदमा बसेर बितायौं,’ पीडित लालबहादुरले भने, ‘त्यहाँ धेरै चिसो भएपछि जंगलमा ओडार खोज्दै गएका हौं।’ ओडारमा दुई दिन र दुई रात कटाएको उनले बताए। ‘सबै भेला भएर गाउँमा बस्न पाइँदैन भने,’ उनले भने, ‘सबैका अघि मेरो मात्र केही चलेन, त्यसैले घर छोडेर हिँड्यौं।’ लालबहादुरकी श्रीमतीको २२ वर्षअघि मृत्यु भएको थियो।

स्थानीय खिमलाल न्यौपानेका अनुसार विपन्न परिवारकी सावित्राका श्रीमान् बोल्न नसक्ने छन्। तीन छोरा र एक छोरीकी आमा सावित्रालाई श्रीमान्ले कुट्ने र दु:ख दिने गरेकाले लालबहादुर अभिभावक जस्तै लागेर सँगै बस्न खोजेको उनले बताइन्। ‘हामी राजीखुसी सँगै बस्न तयार भएका हौं,’ उनले भनिन्, ‘तर, गाउँलेले समाज नै बिग्रन्छ भन्दै गाउँमा बस्न दिएनन्।’ बाबुलाई गाउँमा राख्न नदिएको र बस्ने घरबास समेत भत्काइदिएकाले न्याय खोज्न भन्दै छोरा अनुरामले बिहीबार सदरमुकाम आएर प्रहरीमा उजुरी दिएका छन्।

दुई जनाबीच सम्बन्ध रहेको खुलेपछि स्थानीयले राजनीतिक दलका अगुवासहित समाज भेला भएर दुवैलाई कागज गराएका थिए। कागजमा लालबहादुर र सावित्रीको माग निवेदनअनुसार दुवै जनाको राजीखुसीबाट भएको सम्बन्धका कारण अबदेखि पतिपत्नीका रूपमा रही चन्द्रकान्त न्यौपानेको अंशमा दाबी नगर्ने र काजकिरियासमेत गर्न नपर्ने उल्लेख छ। उक्त कागजमा गाविस सहायक झविलाल न्यौपाने, कांग्रेस सभापति रामप्रसाद न्यौपाने, एमाले अध्यक्ष देवीप्रसाद न्यौपाने, माओवादी केन्द्रका पुनाभद्र न्यौपाने र महिला प्रतिनिधि हरिकला न्यौपानेसहित स्थानीय २८ जनाको उपस्थिति र हस्ताक्षर छ।यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौं।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्