27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 04:51

TRENDING .

नवलपरासीको गैँडकोटदेखि रुपन्देहीको बुटवलसम्मको सडकलाई चार लेनको बनाइने

- Advertisement -

गैँडाकोट, पुस-५ । एसियाली विकास बैंकको ऋण सहयोगमा नवलपरासीको गैँडकोटदेखि रुपन्देहीको बुटवलसम्मको सडकलाई चार लेनको बनाइने भएको छ । महत्वाकांक्षी योजनाका रुपमा बन्न लागेको एक सय १५ किलोमिटर सडकले यस क्षेत्रका बासिन्दामा नयाँ उत्साह थपेको छ । सडक निमार्णका लागि सम्बन्धित ठेकेदार कम्पनीसंगको प्रकृया अगाडि बढिसकेको सडक आयोजनाका वातावरणविद् नवराज पोख्रेलले बताए “यो सडक खण्ड नारायणी पुल क्रस गरिसकेपछि बुटवलसम्म पुग्छ, १४ दशमलब ८ किलोमटर पुलको लम्बाई रहने छ ।” चार लेनको यस सडकमा १४ वटा गाविस र नगरपालिका पर्ने समेत पोख्रेलले बताए । अहिले अस्तित्वमा रहेको सडक नै फराकिलो हुने र सडकले नयाँ मोड नलिने समेत पोख्रेलको भनाइ छ । सडकको दायाँ र बायाँ क्षेत्रलाई स्तरोन्नति गर्न प्रस्ताव गरिएको छ । अहिले अस्तित्वमा रहेको सडकको दायाँ र बायाँ २५÷२५ मिटर गरी कुल ५० मिटरको चौडाको प्रस्ताव गरिएको छ । ५० मिटर मध्ये दायाँ र बायाँ १५÷१५ मिटर पिच हुनेछ । अहिले अस्तित्वमा रहेको सडकमा ७ मिटर मात्रै पिच गरिएको छ । चारलेनको सडकको दायाँ र बायाँ १÷१ मिटर नाली काटिने समेत जनाइएको छ । सडकको दायाँ र बायाँ ८/९ मिटर फुटपाथ हुने वातावरणविद् पोखरेलले बताए ।

निर्धारित तीन वर्षभित्र काम सकाउने गरी थालिएको योजना महत्वाकांक्षी छ । पोखरेलका अनुसार सडक निमार्णका लागि अठार अर्ब ४० करोडभन्दा बढी खर्च लाग्नेछ । पोखरेलले भने “सम्भावित खर्च भनेको प्रत्येक एक किलोमिटरका लागि १६ करोड भन्दा बढी खर्च लाग्नेछ । एकदमै अन्तर्राष्ट्रियस्तरको सडक बन्नेछ, उनीहरुले दिने लोन एग्रीमेन्टको काम भैसकेको छ, अब निर्माण सुरु हुन्छ ।”

यो सडकले अन्तर्राष्टिय स्तरमा प्रभाव पार्ने समेत पोखरेलले बताए “एसियन हाइवेको फस्ट क्लासको मापदण्डको सडक बन्नेछ, भैरहवा बुटवलको सडक खण्ड जस्तै बन्नेछ, भारत र चीनलाई पनि भविष्यमा जोड्न सक्ने यसले सम्भावना राख्छ ।” शनिबार गैँडाकोटमा सडक विभागले अयोजना गरेको वातावरणीय प्रभाव मूल्याकंन सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा गैँडाकोटका स्थानीयले आयोजनालाई शंकाका बीच स्वीकारेका छन् । स्थानीय ज्ञानप्रसाद खनालले आयोजना राम्रो भएको तर काम भने विचार पु-याएर गर्नुपर्ने बताए । स्थानीय व्यवसायी सोमप्रसाद काप्रीले आयोजनाको काम समयमै सम्पन्न नहुने र झनै सास्ती हुने तर्फ आंशका व्यक्त गरेका छन् । स्थानीय युवा गोकुल सापकोटाले हाईवे सडक निर्माण गर्दै गर्दा स्थानीय सडकको अवस्था र सर्वसाधारणका बारेमा पनि सोच्न सुझाव दिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्