काठमाडौं, पुस -७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ । तारेख बुझ्न सर्वोच्च अदालत पुगेका लोकमानसिंह कार्कीलाई केहीबेर अघि एक व्यक्तिले अदालत परिसरमै कालो मोसो दलेका छन्।
कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो । रिट निवेदक ओमप्रकाश अर्याल पक्षधरका वकिलहरुले बहस गरेका छन् ।
कार्की भने पेशीका लागि अपराह्न अदालत पुगेका थिए । त्यही क्रममा उनीमाथि एक व्यक्तिले आक्रमण गरेका हुन् ।
कालो मोसो दल्ने व्यक्तिले नेकपा माओवादी जिन्दावाद भन्दै कार्कीलाई गालामा मोसो दलेका हुन्। ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।