पुस-७, फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल अथास्थितिमा १८१ औं स्थानमा कायम छ।
नेपालले दक्षिण एसियाका तीन मुलुकलाई पछि पारेको छ। बंगलादेश, श्रीलंका र पाकिस्तानलाई वरियतामा पछि पारेको हो।
दक्षिण एसियाली मुलुकहरूमा भारत २ स्थान माथि उक्लदै सबैभन्दा माथि १३५ औं स्थानमा उक्लिएको छ। यस्तै दोस्रोमा रहेको अफगानिस्तान एक स्थान माथि उक्लदै १४६औं स्थानमा छ।
यसैगरी माल्दिभ्स १५४औं स्थानमा यथावत रहँदा भुटान एक स्थान तल झर्दै १७७औं स्थानमा पुगेको छ।
यता नेपाल भन्दा पछाडि रहेका बंगालदेश २ स्थान तल झर्दै १८५ तथा श्रीलंका र पाकिस्तान १९५ र १९७ स्थानमा यथावत छन्। एसियाली मुलुकमा इरान सबैभन्दा माथि २९औं स्थानमा छ।
यस्तै समग्र वरियतामा शीर्ष १देखि २८ सम्म कुनै पनि मुलुक परिवर्तन भएका छैनन्। जसमा अर्जेन्टिना पहिलो र अमेरिका २८ औं स्थानमा छन्।