8.1 C
Kathmandu
Flowers in Chania

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुई दर्जन बढी घाईते

- Advertisement -

पुस-७, दाङ, दाङमा भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने थप २४ जना घाईते भएका छन्। मृत्यु हुनेमा दाङको सतवरीया गाविस निवासी तथा विद्युत प्राधिकरण कार्यालय लमहीका कर्मचारी कृष्णबहादुर शाह, रुकुम जिल्ला स्थाई घरभई हाल दाङको सौंडियार गाविस वडा नं. ६ निवासी ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान जिल्लाको स्वर्गद्वारी गाविस वडा नं. ६ निवासी २५ वर्षीया बेहोरी बिक रहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी प्रकाशराज शर्माले जानकारी दिए।

लक्ष्मीपुर १ मुसोट पुल नजिकै लु २ ख ७७६ नम्बरको घोराहीदेखि बुटवल जाँदै गरेको बस बिहीवार मध्यान्ह १२ बजेतिर दुर्घटनामा परेको थियो। उनले घाईते गम्भीर १४ जना थप घाईतेलाई उपचारको लागि कोहलपुर पठाइएको र अन्यको घोराही तथा लमहीमा उपचार भइरहेको जानकारी दिए।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्