27 C
Kathmandu
Sunday, November 1, 2020
2020 Nov 01, Sunday 07:00

TRENDING .

दक्ष शिक्षक अभावमा बहिरा स्रोत विद्यालय ६ कक्षा सम्ममै सिमित, कक्षा ७ पढन नवलपरासी देखी पोखरा सम्म धाउन पर्ने

- Advertisement -

पौष-७,बिबेक भण्डारी,  दक्ष शिक्षक नहुदा नवलपरासीको देवचुली नगरपालिका १४ प्रगतिनगरमा रहेको बहिरा स्रोत विद्यालयले  कक्षा बढाउन सकेको छैन । थप पढाइकालागी यहाका बिधार्थी पोखरा,बाग्लुङ्ग, काठमाडौँ लगायत अन्यत्र जानुपर्ने बाध्यता छ ।

३५ जना अध्ययन गरि रहेका विधालयमा शिक्षको अभावले गर्दा कक्षा ६ सम्म मात्र अध्ययन गराउन बाध्य भएको व्यवस्थापक तथा शिक्षक जगन्नाथ शर्मा लम्सालले बताउनुभयो । लम्सालले हामीकहाँ साकेतिक तालिम प्राप्त शिक्षक अभाव र सरकारले शिक्षक उपलब्ध गराउन गाह्रो भएकोले होला शिक्षक पाउन सकेका छैनौँ  भने, हेर्दा विधार्थि ३५ जना छ , कक्षा ६ सम्म छ , विषय त्यहि छ , हरेक विषयलाइ पढाउनै पर्ने हुन्छ । हामिले कक्षा ७ थप्यौ भने पुन १० सम्म नै चलाउनु पर्छ , अरु विषय पनि थमिन्छन तर यति शिक्षक शिक्षिकाले थपिएको विषय अध्यापन गराउन नसकिने अवस्था आउछ त्यसैले अरु कक्षा संञ्चान गर्न सकिएको छैन ।” जिल्लाको देवचुलि नगरपालिकामा २०५७ सालमा स्थापित भएको बहिरा  स्रोत कक्षा १० जन विधार्थिबाट सुरु गरिएको विधालयले जनाएको छ ।

नसर्री देखि कक्षा ६ सम्म अध्यापन हुने सो बहिरा स्रोत विधालयमा हाल ३५ जना विधार्थिहले अध्ययन गदै आएको बहिरा स्रोत विधालयका व्यवस्थापक तथा शिक्षक लम्सालले जानकारी गराउनुभयो । लम्सालका अनुसार ३२ जना विधार्थिहरु आवासका रुपमा नै विद्यालयमा रहेर अध्यन गरि रहेका र ३ जना विधार्थिहरु भने घरबाट नै आवत जावत गर्ने गरेका छन्। विधार्थिहरुले सुन्न र बोल नसक्ने हुदा सांकेतीक भाषाद्धारा नै अध्यापन गराउने गरिएको जानकारी गराउनुभयो । अध्ययन गर्दै जादा शब्द , मात्रा लगायतमा हातको संकेत गदै विधार्थिलाई बुझाउने गरेको जनाउनुभयो । विधार्थिहरुलाई नसर्री र केजि कक्षामा अक्षर र मात्रा मात्र अभ्यास गराउने गरिन्छ भने माथिल्लो कक्षामा शब्द , बाक्य निर्माण , अंक लगायतको बारेमा बुझाउने गरिएको शिक्षक लम्सालले बताउनुभयो । बहिरा स्रोत कक्षाका व्यवस्थापक तथा शिक्षाक लम्सालका अनुसार सरकारले बहिराहरु अध्ययन गर्ने विधालय निर्माण गरेर मात्र नहुने भन्दै विधालयमा अध्यापन गराउने शिक्षकहरु पनि सरकाले तयार पार्नुपर्ने बताउनुभयो । यस्ता विधालयमा पर्याप्त शिक्षक नहुदा अध्ययन गर्ने क्रम विचमा नै रोकिने अथवा चाहे जति कक्षाको बृद्धि गर्न नसकिएको बताउनुभयो । बिधार्थीको संख्या कक्षागत हिसाबले उपयुक्त र अध्ययन गर्न सक्ने योग्यता रहे पनि शिक्षकको अभावले विधार्थिहरुले जुन विधालयमा पहिले देखि अध्यनन गदै आए त्यो विधालय छाडेर अन्यत्र टाढा जानुपर्ने अवस्था सृजना हुने गरेको बताउनुभयो । जनज्योति नमुना विधालय संगै रहेको भए पनि  स्रोत कक्षा  विधार्थिहरुको अध्ययनमा एकाग्रता गराउने उद्देश्यले छुट्टै विद्यालय क्षेत्र नै बनाईएको जनज्योति नमुना विधालयका प्राचार्य दुर्गादत्त घिमिरेले जानकारी दिनुभयो । प्राचार्य घिमिरेले कक्षामा ५ जना शिक्षक शिक्षीका र अन्य ३ जना कर्मचारी पनि रहेको बताउनुभयो ।

नवलपरासीमा जनज्योति मा.बि., शिव मा.बि., भानुदय मा.बि.,त्रिभुवन मा.बि., सिद्धार्थ मा.बि.मा सांकेतिक भाषामा पढाई हुने गरेको छ । जनज्योति मा.बि. श्रोत कक्षामा बाहेक अरु श्रोत कक्षामा कक्षा ५ सम्म मात्रै पढाईदै आएको बिशेष कक्षा लेखा जोखा संयोजक कमला ठाडाले जानकारी दिनुभयो । सरकारले विद्यालय , विधार्थीहरुको आवास खर्च पठाए पनि आवस्यक तथा तालिम प्राप्त शिक्षकको अभावमा कक्षा बृद्धि गर्न नसकिएको हो । नसर्री देखि कक्षा ६ सम्म अध्यापन हुने जनज्योति नमुना बहिरा स्रोत विद्यालयमा कक्षा तहको शिक्षक नहुदा ६ कक्षा सम्म मात्र सिमित हुन पुगेको छ।  जनज्योति श्रोत कक्षाको मात्र त्यो समस्या नभै सबै जसो श्रोतमा यस्तो समस्या भएको ठाडाले बताउनुभयो  । भएका कक्षामा त शिक्षक पाउन नसकेर गार्यो परेको बेला थप कक्षा कसरी थप्नु ठाडाको भनाई छ । सरकारले थप तालिमको ब्यबस्था गराउने आस्वासन दिएको र तेस्तो हुन सके थप कक्षा संचालन गर्न सकिने उहाले बताउनु भयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्