8.1 C
Kathmandu
Flowers in Chania

केदारसँगै रहेका कलाकार सितारामले भने-‘हाम्रो सम्बन्ध विग्रीएको होइन हामी, व्यवसायिक रुपमा मात्र अलग भएका हौ

- Advertisement -

हाँस्य सिरियल ‘मेरी बास्सै’मा एकसाथ काम गरेका कलाकारद्धय सिताराम कट्टेल र केदार घिमिरे जब अलग भए, यी दुइविच सम्बन्ध विग्रीएको चर्चा सुरु भयो । यतिसम्म कि, व्यवसायिक रुपमा फाटो आएपछि यी दुई अलग भएको चर्चा भयो ।

यहि वैशाखमा जब, केदार बिरामी भए, विभिन्न खालका अड्कल काटियो । केदारलाई अल्सर र डीप्रेशन भयो । बजारमा सितारामको चर्चा चुलिएपछि केदारलाई डीप्रेशन भएको भनेर चर्चा पनि गरिएको थियो । तर, वुधबार ललितपुरको श्रीकाली चौरमा आयोजित ‘छक्का पन्जा’को पीकनिकमा पुगेका सिताराम र केदार एकसाथ देखिए ।

केदार र सितारामको मित्रता हेर्दा लाग्थ्यो, यी दुइविच मनमुटाव नै भएको थिएन । केदार अर्थात ‘माग्ने बुढा’ले भने-‘मलाई वैशाखदेखि अल्सर र डीप्रेशन भयो । यो लुकाएर राख्ने कुरा नै होइन रहेछ । डीप्रेशन भनेको रोग होइन । कसैमा धेरै र कसैमा कम हुने रहेछ । मलाई सबैभन्दा बढी साउनमा गाह्रो भयो ।’

घर हल्लिएको जस्तो, तर्सिएको जस्तो हुने गरेको केदारको भनाई छ । केदारसँगै रहेका कलाकार सितारामले भने-‘हाम्रो सम्बन्ध विगि्रएको होइन । हामी, व्यवसायिक रुपमा मात्र अलग भएर काम गर्न थालेका हौ । केदारजी बिरामी भएको थाहा पाएपछि, म गिरान्चौरबाट उहाँलाई भेट्न पुगेको थिएँ ।’

केदारलाई आफूले हरेक कुरा शेयर गर्ने सितारामको भनाई छ । व्यवसायिक रुपमा अलग भएपनि व्यक्तिगत रुपमा कहिल्यै मनमुटाव नभएको यी दुइको भनाई छ । सितारामले केदारलाई आफ्नो अभिभावक समेत भनेका छन् ।

तपाइहरु एकसाथ कहिले आउनुहुन्छ भन्ने प्रश्नमा केदारले भने-‘अहिले नेपाल टेलिभिजनलाई नै डीप्रेशन भएको छ । निको भएपछि सोचौला ।’

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्