27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 07:37

TRENDING .

संघीयतामा ओली विकल्प-पाँच विकास क्षेत्र नै उत्तम ! फेरी पुरानै तिर फर्कदै ओली

- Advertisement -

पुस-७, संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर-दक्षिण बनाइ अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् । आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग बालकोट निवासमा बुधबार छलफल गर्दै ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने जिकिर गरेका हुन् ।

ओलीको भनाइमा समर्थन जनाउँदै पूर्वसांसदहरूले पहिलो संविधानसभामा आफूहरूले मुलुकले धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानीमात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार गरेको जानकारी गराएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

ओलीले संविधान संशोधन विधेयक संसद्मा अल्पमतमा परिसकेको दाबी पनि पूर्वसासंदहरूसँग गरे । ‘संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ मत छैन । प्रस्तावको विपक्षमा दिनप्रतिदिन मत बढिरहेको छ । त्यसैले अब संशोधन होइन, स्थानीय निकाय निर्वाचन हुनुपर्छ’, पूर्वसांसदसँग ओलीले बुधबार भने ।

ओलीले पूर्वसांसदहरूलाई भनेका थिए, ‘रूपान्तरित संसद्को उद्देश्य संविधान कार्यान्वयन हो, संशोधन होइन । संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउने अभिभारामात्र संसद्को हो ।’

ओलीले आफूहरूसँग २०४६ देखि २०६२ सम्म कांग्रेसले सूर्यबहादुर थापा र एमालेले लोकन्द्रबहादुर चन्दलाई बोक्नु र अहिले कांग्रेस र एमालेले पालैपालो दाहाललाई बोकेका कारण मुलुकमा राजनीतिक संकट बढेको धारणा राखेको एमालेका पूर्वसांसद शंकरनाथ अधिकारीले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्