27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 10:14

TRENDING .

बढुवाका लागि दुई हजार सरकारी हाकिम बिदामा ! बिदा नलिएका पनि हाजिर गर्न मात्रै कार्यालय आउने

- Advertisement -

७ पुस, काठमाण्डौ   । जनताले तिरेको करबाट तलव खाने सरकारी कर्मचारीहरु लोक सेवा आयोगले लिने बढुवाको परीक्षाका लागि लामो समयदेखि बिदामा बसिरहेका छन् । सहसचिव र उपसचिवका लागि खुलेको बढुवाका लागि अहिले करिव दुई हजार सरकारी हाकिम बिदामा बसिरहेको र बिदा नलिएका कतिपय अधिकृतस्तरका कर्मचारी पनि हाजिर गरेर कार्यालयबाट घर फर्किने गरेका छन् ।

लोकसेवा आयोगले अहिले विभिन्न सेवा समूहको सहसचिव पदको परीक्षा लिँदै छ । गत १९ मंसिरदेखि सुरु परीक्षामा सहभागी हुन जिल्लादेखि केन्द्रसम्म कार्यरत उपसचिव र अधिकृतस्तरका करिब दुई हजार निजामती कर्मचारी परिक्षाको तयारीमा छन् । उनीहरू बिदा बस्न थालेपछि मन्त्रालय, विभाग तथा विभिन्न निकायको कामकाज प्रभावित हुन थालेको छ ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार लोकसेवाको परीक्षा दिन भन्दै निजामती कर्मचारी हरेक वर्ष ६ महिनाभन्दा बढी समय कार्यालयमा मन लगाएर काम गर्दैनन् । परीक्षा आउनुभन्दा ६ महिनाअघिदेखि नै उनीहरू कार्यालयमा एक–दुई घन्टा काम गरेर विभिन्न ट्युसन र कोचिङ सेन्टर जाने गरेको मन्त्रालयका कर्मचारीहरू नै बताउँछन् । ‘सहसचिवको परीक्षा सञ्चालन भएको र उपसचिवको छिटै सुरु हुन लागेकाले दुई हजारभन्दा बढी कर्मचारी कुनै न कुनै रूपमा बिदामा बसेका छन्,’ मन्त्रालयका एक अधिकारीले भने ।

कर्मचारी लोकसेवाले लिने विभिन्न परीक्षाको तयारीका लागि ६ महिनाअघिदेखि कार्यालय आउने र बाहिरिने गरे पनि त्यसको अनुगमन हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले कहिलेकाहीँ कर्मचारीहरू समयमा आए–नआएकोबारे आकस्मिक छड्के निरीक्षण गर्दै आएको छ । तर, केन्द्रले कर्मचारीले कार्यालयमा कति समय दिन्छन् भन्ने सम्बन्धमा कुनै अनुगमन गर्न सकेको छैन । नयाँ पत्रिका दैनिकले खवर छापेको छ

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्