काठमाडौं, पुस-६ । पूर्व राजा ज्ञानेन्द्र साहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । साथै उनले बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको बताएका छन् ।
संविधान संशोधनलाई दिएर दलहरुबीच ध्रुविकरण बढिरहेका बेला पूर्व राजा ज्ञानेन्द्रले बुधबार साँझ विज्ञप्ति जारी गरेका छन् । र, राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताएका छन् ।
‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ, उनले भनेका छन्, आज नेपाली बीचको समाजिक सद्भाव मेटिादैछ भने तराई, पहाड र हिमाल माझको ऐक्यभावलाई तोड्न भगीरत प्रयत्न भइरहेको छ ।’