पुस-६, बिबेक भण्डारी, दलदले मुण्डे सडक खण्डको विग्रिएको अवस्थालाई निर्माण गर्न पहल गर्ने उद्देश्यले बुधवार देवचुलि नगरपालिका स्थित उद्योग बाणिज्य संघमा सडक निर्माण समिति गठन गरिएको छ । दलदले देखि करिव ८ किलोमिटर उत्तर तर्फको सडकमा कालोपत्र उप्कीएर खाल्डा खाल्डी भएको छ। दलदलेको भाग्यपुरीबाट सडकको अवस्था विग्रदै गएको छ । एक दशक अगाडी कालोपत्र गरिएको सडकको निरिक्षण तथा अनुगमनमा त्यति चासो नदिदा सो क्षेत्रको सडक विग्रिदै गएको छ । कालोपत्र गरेको ५ वर्ष वित्न नपाउदै सो क्षेत्रको सडक अतिवेला गुच्चा खेल्न मिल्ने खेल मैदान जस्तो भएको देखिन्छ । मुण्डे देखि करिव ८ किलो मिटर सडक दलदले तर्फ आउदा ओरालो भएको कारण पनि सडकमा दुर्घटनाको जोखि बड्दो छ । देवचुलि नगरपालिकाको कार्यलय जाने बाटोको अवस्था विजोग देखिन्छ । नवलपरासीको पहाडी क्षेत्र जाने मुख्य सडकको अवस्था दयनिय बनेको छ। विशेष गरेर सो सडक खण्डमा जिप तथा मोटरसाइकल बढि मात्रामा हिड्ने गर्दछ । सडकमा रहेको खाल्डा खुल्डीले पहाडि क्षेत्र बुलिड्डटार, धोबादि, पोखरी लगायतका क्षेत्रबाट दलदलेलाइ नै मुख्य बजारको रुपमा नै लिने गरेका छन र त्यहाका सर्वसारण सोहि सडक खण्डको यात्रा गदै आइजाइ गर्ने गरेका छन । अब सडक निर्माण पहल गर्ने उद्देश्यले समिति गठन गरेको जनाइएको छ । बुधवार दलदले धोवादी मोटरबाटो निर्माण योजना उपभोक्ताको चौथो अधिवेशनले अध्यक्ष धर्मराज बस्यालको अध्यक्षतामा ५ सदस्यीय कार्य समिति र १७ सदस्य चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा छलबहादुर गाहा मगर, सचिव महेन्द्र कुमार पिया, सहसचिव त्रिलोचन पराजुली चयन गरिएको हो । समिति गठन पश्चात समितिले अब दलदले धोवादि सडक खण्डलाई छिटो भन्द छिटो निर्माणको कार्य अगाडि बढाउन जिल्लामा आबाज पुर्याइने बताएका छन ।