8.1 C
Kathmandu
Flowers in Chania

रिलिज पूर्वनै आमिरको ‘दंगल’लाई नेपालबाट ४ करोडमा बुकिंग

- Advertisement -

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको आमिर खानको फिल्म ‘दंगल’को नेपाल प्रदर्शन अधिकार ल्याएको गोपीकृष्ण मुभिजले अग्रिमरूपमा ४ करोड बुझाएको छ।

आमिरले संसारभर फिल्म वितरकलाई कमिशनमा बिक्री गरेपछि नेपालमा पनि ‘दंगल’ कमिशनको सर्तमा भित्रिएको हो। गोपीकृष्णका लागि फिल्म किन्दै आएका निरज पौडेलले आंमिरको ‘दंगल’का लागि तिरिएको उक्त रकम कुनै पनि बलिउड फिल्मका लागि तिरिएको हाल सम्मकै सर्वाधिक रकम हो।

‘यसपटक आमिरले सबैतीर फिल्म फिक्समा नबेची कमिशनमा बेचेका छन्। त्यही अनुरूप हामीले पनि कमिशनमा फिल्म नेपाल आएका हौ। हामीले चार करोड रूपयाँ अग्रिम बुझाइसकेका छौ’, पौडेले भने।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्