27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 05:28

TRENDING .

यी हुन् ति क्रुर महिला जस्ले आमा, दाजु, तीन छोराछोरीको हत्या पछि यौनसम्पर्कको आनन्द लिएर आत्महत्या गरिन

- Advertisement -

महिलाको हृदय कोमल हुन्छ भन्ने गरिन्छ  । तर अष्ट्रियामा एक महिलाले क्रुरताको यस्तो हद पार गरेर नयाँ उदाहरण प्रस्तुत गरेकी छिन् की उनले आफ्नी आमा, दाजु, तीन छोराछोरी तथा दुई कुकुरको हत्या गरिन् । हत्यापछि आफ्नो प्रेमीलाई बोलाएर अर्को कोठामा यौनसम्पर्क गरिन् र अन्त्यमा आत्महत्या गरिन् । प्रहरी अधिकारीहरु १० वर्षका सेबास्तियन, ९ वर्षका फाबियन, ७ वर्षका मिचेल तथा उनीहरुका मामा ४१ वर्षका पिटर र हजुरआमा ५९ वर्षका माथिल्डेको हत्या सम्वन्धमा अनुसन्धान गरिरहेका छन् ।म्याटि्रना नाम गरेकी महिलाले एउटा बन्दुकको प्रयोगबाट दुई वयस्क र तीन केटाकेटीको हत्या गरेको बताइएको छ । प्रहरीले तीन केटाकेटीको शव ओछ्यानमा लमतन्न सुतेको र ब्ल्यांकेट ओढेको अवस्थामा भेटाएको थियो । सबैको हत्या गरेपछि मार्टिनाले नयाँ चिनजानका एक पुरुषलाई टेक्स्ट म्यासेज गरेर घटनास्थलमै बोलाइन्, जहाँ उनीहरुले सेक्स गरेको पुरुषले बताएका छन् । यद्यपि हत्यामा ती पुरुषको कुनै पनि संलग्नता नरहेको प्रहरीले जनाएको छ । उनले महिलाले गरेको हत्याको विषयमा आफूले थाहा नपाएको प्रहरीलाई बयान दिएका छन् । प्रहरीका अनुसार ३० कोठाको घरमा हत्या भएको कोठा र उनीहरुले सेक्स गरेको कोठा अलग-अलग थियो । सेक्स गरेको भोलीपल्ट पनि ती पुरुष मार्टिनाको घरमा गए । तर निकैबेर ढोका ढक्ढक्याउँदा पनि कसैले नखोलेपछि आफूसँग ल्याएको उपहार ढोकैमा छाडेर उनी फर्केका थिए । त्यतिबेलासम्म मार्टिनाले आत्महत्या गरिसकेको प्रहरीले विश्वास गरेको छ । महिलाका श्रीमान तथा तीन बच्चाका बाबु घरबाट बाहिर थिए । हत्या र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्