27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 07:20

TRENDING .

रुपन्देहि युवा संघ अध्यक्ष तिवारीको हत्या गर्ने को हुन् मनोज ?

- Advertisement -

पुस-६,बुटवल।युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ ।

रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन् । ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकैे संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले भने । पार्टीबाट हटाएको, पैसा नदिएको तथा आफ्ना व्यक्तिहरूलाई जेल हालेको रिसइबीमा पुनले उनको हत्या गरेको प्रहरी दाबी छ ।

गत ६ चैतमा तिवारीलाई दुईवटा गोली प्रहार भए पनि उनी बच्न सफल भएका थिए । एसपी धानुकका अनुसार मनोजविरुद्ध प्रहरीमा दुईवटा ज्यान मार्ने उद्योगलगायतका उजुरी परेका छन् । ‘मनोज फरार अभियुक्त हो,’ उनले भने ।

को हुन् मनोज ?
जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका–६ का मनोज पुन युवा संघ रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । युवा संघको आडमा पैसा असुली गरेको आरोपमा उनी पार्टीबाट निष्कासनमा परेका थिए । उनी संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार अपराधी हुन् ।

मनोजको तिवारीसँग पुरानो रिसइबी रहेको र नौ महिनाअघि पनि उनकै संलग्नतामा तिवारीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । युवा संघमा रहँदा आर्थिक पारदर्शिताको विषयमा तिवारी र मनोजबीच विवाद रहँदै आएको थियो । मनोजले यसअघि पनि त्यस क्षेत्रमा जग्गाको कारोबार गर्दा विभिन्न व्यक्तिलाई धम्क्याउने र रकम असुल्ने गरेको उजुरी प्रहरीमा परेको छ । नयाँ पत्रिकाबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्