8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीको कुमारवर्ति बहुमुखी क्याम्पसको लेखा र प्रशासन फाँटमा लागेकाे ताला खुल्यो

- Advertisement -

पुस-५, कावासोती, कुमारवर्ति कलेजमा लागेकाे ताला खुल्याे कुमारवर्ति बहुमुखी क्याम्पसमा चार विद्यार्थी संगठनद्वारा शुल्क समायाेजन गर्नका लागि भन्दै चलाएकाे अान्दाेलन अन्तर्गत अाज क्याम्पस प्रशासन र अान्दाेलनरत विद्यार्थीहरूविच सहमति भएर लेखा र प्रशासन फाँटमा लागेकाे ताला खुलेकाे छ । संगठनहरूले शुक्रबार लेखाफाँटमा तालाबन्दी गरेका थिए भने मंगलबार प्रशासनफाँटमा ताला लगाएका थिए । अान्दाेलन तीनवटा अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्तरूपमा अान्दाेलन गरेका हुन् । अाज २ पटक बसेकाे वार्तामा सहमति भएकाे हाे । बढेकाे मासिक शुल्कमा ११/१२ मा रू १००, स्नातक तह प्रथम, द्वितीय र तृतीयवर्षमा रू १००, चाैथाे वर्षमा रू २०० र स्नातकाेत्तर तहकाे दुवै बर्षमा रू ३०० घटाउने सहमति भएकाे छ । साथै पुस्तकालयमा पुस्तक थप, शाैचालयकाे सुधार, खेलकुद सामाग्रीमा थप लगायतका मागमा क्याम्पस प्रशासनले सम्वाेधन गरेकाले ताला खाेलिएकाे अखिल क्रान्तिकारीका जिल्ला संयाेजक ईश्वर गैरेले जनाएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्