8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

नवलपरासीको रजहरमा रहेको सामुदायिक प्रकृतिक चिकित्सालय उपचारको अन्तिम विकल्प

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-४, रजहर, बिबेक भण्डारी । प्राय सबैजसो अस्पताल धाइसकेर पैसा सकेपछी आउने तथा अन्तिम अवस्थामा बाच्ने अन्तिम आशा लिएर बिरामी आउने देखिएपनि यति वेला नवलपरासीको रजहरमा रहेको सामुदायिक प्रकृतिक चिकित्सालय मुख्य उपचार केन्द्र बनेको छ । रजहरमा रहेको चिकित्सालय निर्माण पछि विभिन्न रोगबाट ग्रसीत बनेका विरामिहरु यति बेला प्रकृतिक उपचारको खोजिमा रजहर आउने गरेका छन । विना औषधिको प्रयोगबाट विरामिको उपचार गर्ने यस चिकित्सालयले २०६७ सालबाट सेवा सुरु गर्दै हाल सम्म नेपालका विभिन्न स्थानबाट आएका विरामिहरुलाई निको बनाएर पठाउन सफल भएको चिकित्सालयले जनाएको । ५२ शैया बाट सुरु गरेको चिकित्सालयले हाल ८२ शैयाको क्षमता बिस्तार गरेको छ । सामुदायिक प्रकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरीप्रसाद सापकोटाका अनुसार चिकित्सालयको स्तर उन्नतीका निमित्त नेपाल सरकारको प्रप्त पुजिँगत अनुदानकोमा निर्माण भइरहेको विरामि आवास भवनको पुनर्निर्माण पश्चात चिकित्सालयमा २५० विरामि राख्न मिल्ने बताईएको छ । व्यवस्थापक सापकोटाका अनुसार सेवा सुरु गरेको ६ वर्षको अन्तरालमा करिव १४ हजार विरामिहरु लाई उपचार सेवा दिइ सकेको र प्रकृतिक चिकित्सालयमा ५६ जिल्लाबाट सेवा लिन आउने गरेको जानकारी गराउदै हाल चिकित्सालयमा ३८ जना विरामिहरुले उपचार गरिरहेको बताउनुभयो । सामुदायिक प्रकृति चिकित्सालका शाहायक निर्देशक एवम प्रमुख डाक्टर बिनोद पौडेलका अनुसार प्रकृतिक चिकित्सालयले औषधि विहिन पद्धति अन्तरगत पञ्चकर्म , पञ्चमाहभुत को प्रयोगद्धारा नै विरामिको उपचार गरिने साथै प्रकृतिक रुपमा  शारिरको निर्माण जसरी भएको छ सोहि पद्धति अनुरुप नै प्रकृतिक तरीकाबाट नै उपचार गरिने बताउनुभयो । डाक्टर पौडेलका अनुसार विभन्न रोगको उपचार एउटै पद्धति द्धारा गरिने हुदा पनि विरामिलाई विना कुनै समस्या नअल्झाई उपचार गरिने जानकारी दिनुभयो । प्रकृति चिकित्सालयमा अन्तीम अवस्था भए पश्चात अन्तिम विकल्पको रुपमा विरामिहरु आउने अथवा सबै औषधिहरुको प्रयोग पश्चात अन्तिममा केहि सिप नलागेर प्रकृतिक उपचार अपनाउन आउने र पहिलो चरणमा औषधि सेवनको मात्रा घटाउदै लैजाने र विना औषधिको आधारमा उपचार पर्ने हुदा समस्या परेको बताउनुभयो । सुरु मै प्रकृतिक उपचार अपनाउने हो भने प्रकृतिक विधिबाट नै उपचार गराउदा छिटो र सरल हुने डाक्टर पौडेलले बताउनुभयो । प्रकृतिक चिकित्सालयले मृगौलाको समस्या हुने विरामिहरुलाई पनि उपचार पश्चात निको बनाएर पठाएको अस्पतालले जनाएको छ । प्रकृतिक चिकित्सा पद्धतिमा आयुर्वेदिक तथा प्रकृतिमा रहेका जडिबुटीहरुको प्रयोग हुने हुदा यस प्रति सरकारले विशेष कदम चाल्नु आवस्यक छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!