18.1 C
Kathmandu
Flowers in Chania

दुर्गा तिवारीको हत्या छानबिन गर्न सरकारले बनायो आयोग, डेढ हप्ताभित्र प्रतिवेदन बुझाउने

- Advertisement -

काठमाडाैं, ५ पुस । युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानविन गर्न सरकारले उच्चस्तरीय छानविन आयोग गठन गरेको छ । छानबिन अायाेगकाे संयाेजक नेपाल प्रहरीका एअाइजी विज्ञानराज शर्मा रहेका छन् । त्यस्तै उनी नेतृत्वमा ५ सदस्यीय समिति बनेकाे छ ।

समितिका सदस्यहरुमा राष्ट्रिय अनुसन्धान विभागका एआइजी यादवप्रसाद रेग्मी, एसएसपी मनोज न्यौपाने, गृहका उपसचिव शिवराज जोशी र गृहका प्रवक्ता बालकृष्ण पन्थी रहेका छन् । युवा संघले गृहमन्त्रीलार्इ भेटेर छानबिन समिति बनाउन माग गरेकाे थियाे । छानबिन  अायाेगले डेढ हप्ताभित्र प्रतिवेदन बुझाउने छ ।

साेमबार दिउँसाे युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गाेलि प्रहार भएकाे थियाे । गाेलि प्रहारबाट गम्भिर घाइते भएका उनकाे उपचारकाे क्रममा अस्पतालमा मृत्यु भएकाे  थियाे । उनलार्इ गाेली प्रहार गर्न लगाउने मनाेज पुन पनि एमालेकै कार्यकर्ता रहेकाे रहस्य खुलेकाे  थियाे ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्