24.1 C
Kathmandu
Thursday, March 28, 2024
Flowers in Chania

एमालेका केन्द्रीयस्तरका नेता बुटवलमा, कांग्रेसले भन्यो रुपन्देहीको शान्ति शुरक्षामा चुनौती, हत्याको छानबिन होस्

- Advertisement -Flowers in Chania

पुस-४, युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यापछि एमाले र युवा संघका केन्द्रीय नेताहरु बुटवल आएका छन्। एमालेका उपमहासचिव द्वय विष्णु पौडेल, घनश्याम भुसाल र युवा संघका अध्यक्ष राजिव पहारी मंगलबार बिहान बुटवल आइपुगेका हुन्। एमाले उपमहासचिव पौडेलले तिवारी हत्याले राज्यको शान्ति सुरक्षा कति कमजोर र निरीह छ भन्ने कुरा प्रष्ट भएको बताए। ‘एउटा संगठनको नेता र प्रदेश विखण्डन विरुद्धको आन्दोलनको अगुवाको दिनदहाडै हत्या भएको घटनाले सरकार नागरिकको सुरक्षाप्रति कति गैरजिम्मेवार छ। राज्यको शान्ति सुरक्षा कति कमजोर निरीह छ भन्ने कुरा प्रस्ट पारेको छ,’उनले भने। एमाले रुपन्देहीका अध्यक्ष शिव सुवेदीले पार्टी र युवा संघ केन्द्रको निर्देशन अनुरुप आन्दोलनको कार्यक्रम र तिवारीको अन्तिम संस्कारको कार्यक्रम तय गरिने जानकारी दिए।

Congress-flagएता युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली प्रहार गरि हत्या भएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ  । कांग्रेसले दिन दहाडै एक ब्यक्तीको ज्यानलिने गरि गोली चलाउनुले रुपन्देहीको शान्ति सुरक्षामै ठुलो चुनौती देखिएको बताएको छ । कांग्रेस क्षेत्र नम्बर १ का सभापति हिराबहादुर खत्रीले आज विज्ञप्ती निकालेर घटनामा संलग्न जो कोही भएतापनि दोषिलाई तुरुन्त पक्राउ गरि कार्वाही गर्नु पर्ने माग गर्नु भएको छ । रुपन्देहीको देवदहमा भएको घटना सामान्य नभएको भन्दै आम नागरिकलाई नै त्रसित पार्ने गरि गरिएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ । खत्रीले विज्ञप्ती मार्फत युवा ब्यवसायी तथा युवा संघका अध्यक्ष तिवारीको निधनले कांग्रेस क्षेत्र नम्बर १ नै स्तब्ध भएको उल्लेख गर्दै तिवारीको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजन प्रति समवेदना ब्यक्त गर्नु भएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्