8.1 C
Kathmandu
Flowers in Chania

टेलिकमको पोष्टपेड चलाउनुहुन्छ ? जानिराख्नुहोस यस्तो हुन्छ बिलिङ प्रणाली

- Advertisement -
नेपाल टेलिकमको पोष्टपेड चलाउने धेरैजसो उपभोक्ताहरुको गुनासो हुन्छ बिलिङ प्रणाली। अर्थात एकैपटक धेरै क्रेडिट रकम देखाउने, रिचार्ज गर्दा पनि लाइन वानवे नखुल्ने, रिचार्ज नहुने जस्ता समस्या भोगिरहेको गुनासो गर्छन् प्रयोगकर्ता।
यसको लागि सबैभन्दा पहिले टेलिकमको बिलिङ प्रणालीको बारेमा जानकारी राख्नुहोसः
तिर्न बाँकी बिल
बिल तयार भएपछि तिर्नुपर्ने दायित्वलाई तिर्न बाँकी बिल भन्ने बुझिन्छ। जस्तो मंसिर मसान्तसम्मको बाँकी तिर्न रकमको बिल नै अनपेड बिल हो।
बिलमा समावेस नभएको रकम 
हरेक महिनाको एकपटक मात्र बिल तयार हुने भए पनि सिस्टमले भने प्रत्येक कलको हिसाब राखेको हुन्छ खर्च भएको तर बिलमा नचढेको रकम नै अनबिल्ड रकम हो।
बाँकी रकम
अनपेड बिल र अनबिल्ड एमाउन्टको योग नै ड्यू एमाउन्ट हो। यस्तो रकमको बारेमा जानकारी लिनको लागि स्टार ४ सय ह्यासट्याग डायल गरेर वा  सीबी टाइप गरेर १४१५ मा एसएमएस पठाएर जानकरी लिन सकिने छ।
त्यस्तै १४९८ मा फोन गरेर पनि यस्तो जानकारी लिनसकिने टेलिकमले बताएको छ।
क्रेडिट लिमिट
पोष्टपेड ग्राहकले अधिकतम कल गर्न पाउने सिमा नै क्रेडिट लिमिट हो। सिम लिँदा क्रेडिट लिमिटबापत बुझाएको रकम बराबरको कल सिमा नै क्रेडिट लिमिट हो। जस्तो हाल पोष्टपेड नयाँ सिम लिँदा ३ सय ८० रुपैयाँ यस्तो लिमिट बापतको शुल्क तिर्नुपर्छ।
 यस्तो रकमको बारेमा जानकारी लिनको लागि स्टार ४ सय ह्यासट्याग डायल गरेर वा  सीबी टाइप गरेर १४१५ मा एसएमएस पठाएर जानकरी लिन सकिने छ। त्यस्तै १४९८ मा फोन गरेर पनि यस्तो जानकारी लिनसकिने टेलिकमले बताएको छ।
न्यूनतम शुल्क
टेलिकमको पोष्टपेड प्रयोगकर्ताले न्यूनतमरुपमा बझाउनुपर्ने शुल्क हुन्छ जुन सेवा प्रयोग गरे पनि नगरेपनि बुझाउनैपर्छ। जस्तो हाल टेलिकमबाट ३ सय, ५ सय र ९ सय रुपैयाँ तिर्न सक्छन् जसमा विभिन्न अफरहरु रहेका हुन्छन्।
महिनाको बीचमा किन लाइन काटिन्छ ?
सामन्यतया महिनाको अन्त्यतिरमात्र बिल तयार हुने भएतापनि बीचमा पनि आउटगोइङ कल काटिन सक्छ। यस्तो किन  हुन्छ भने तपाईले तिरेको क्रेडिट लिमिट सकिएमा त्यस्तो हुने टेलिकमले जानकारी दिएको छ।
रिजार्च गर्दा पनि लाइन खुलेन 
कहिलेकाहिँ रिचार्ज गर्दा पनि लाइन नखुल्न सक्छ। किनभने तपाईले तिरेको रकमले ऋणात्मक क्रेडिट रकम घटेर धनात्मक नहुन्जेल यस्तो हुन्छ। अर्थात तपाईले रिचार्ज गसिकेपछि तपाईको क्रेडिट कति भयो भनेर बुझ्नुपर्छ।
रिचार्ज गर्दा पनि ड्यू रकम घटेन 
तपाईले रिचार्ज गर्दा पनि तपाईको ड्यू एमाउन्ट घटेन भने तपाईको अघिल्लो महिनाको तिर्न बाँकी बिल भएपछिमात्र घट्छ। किनभने रिचार्ज भनेको बिल तिर्नलाई हो। यसको ठाउँमा तपाईले बिल तिरिसक्नुभएको छ र अर्को बिल तयार भएको छैन भने तपाई रकम नघटेर उक्त रकम एड्भान्स रकममा जम्मा हुन्छ क्रेडिट लिमिट बढ्छ।
ड्यू धेरै रकम बढ्ने र क्रेडिट लिमिट घट्ने किन? 
कुनै पनि ग्राहकले जति धेरै सेवा उपभोग गर्छन् त्यति बाँकी रकम बढ्दै जान्छ र क्रेडिट सिमा घट्दै जान्छ भने अर्कोतिर बिल तयार हुँदा न्यूनतम सेवाशुल्कभन्दा धेरै खर्च हुनेहरुको ड्यू रकम एक्कासी बढ्छ।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्