8.1 C
Kathmandu
Flowers in Chania

रुपन्देहीका युवा संघ अध्यक्षको हत्यापछि रुपन्देही तनावग्रस्त, प्रहरी बिटमा आगजनी, यातायात अवरुद्ध

- Advertisement -

पुस-४, युवा संघ रुपन्देहीको अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएपछि अहिले बुटवल क्षेत्र तनावग्रस्त बनेको छ। तिवारीको आज दिउँसो साढे तीनबजे देवदहमा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए। हत्या पछि आक्रोशित युवासंघका कार्यकर्ता तथा एमाले निकट युवाहरुले बुटवलमा प्रदर्शन गरी बन्द गरेका छन्। संविधान संशोधन विरुद्ध आव्हान गरिएको तीन दिने आमहड्तालपछि सहज बनेको जनजीवन फेरि असहज बनेको छ । युवासंघले लुम्बिनी अञ्चल बन्दको घोषणा गर्दै अहिले पनि बुटवलमा प्रदर्शन गरिरहेका छन्। आक्रोशित युवाहरुले बुटवलको राजमार्ग चौराहमा रहेको प्रहरी विटमाथि तोडफोड र आगजनी प्रयास गरेका छन्। आगजनीबाट प्रहरी विटमा रहेको पर्दा जलेको छ। युवाहरुको आक्रोशित भीडलाई प्रहरीले तितरवितर गराएको छ। सो क्रममा अनेरास्ववियूका कार्यकर्ता दिपक चापागाई र भरत अर्याल घाईते भएको अनेरास्ववियूले जनाएको छ । युवाहरुको प्रदर्शनपछि अहिले सडकमा व्यापक प्रहरी परिचालन गरिएको छ। उता तिवारीको हत्याको विरोधमा एमाले नवलपरासीले साँझ जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । विरोध स्वरुप उनीहरुले एक घण्टा राजमार्ग बन्द गराएका थिए । एमाले कार्यकर्ताहरुले हत्यारालाई पक्राउ गर्नुपर्ने माग राख्दै नवलपरासीका विभिन्न ठाउमा एक घण्टा राजमार्ग बन्द गरेका थिए। तिवारीलाई नवलपरासीको सीमानामा पर्ने खैरेनीमा गोली प्रहार गरिएको हो। रातो पल्सर मोटरसाईकलमा आएका दुई जना व्यक्तिले कोलिय सहकारी जाने बाटोमा गोली प्रहार हुन्। गोली लागेर घाईते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा गोली लागेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्