27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 09:45

TRENDING .

साउदी अबरका राजकुमार सहित १५० जनालाई फाँसीको सजाय, गतबर्ष भन्दा अहिले बडी

- Advertisement -

एजन्सी, रियाद–साउदी अबर लगातार दोस्रो वर्ष १५० जनालाई फाँसी दिने देश हुने भउको छ। यो वर्ष साउदी अबर सरकारले १५० जनालाई फाँसीको सजाय सुनाइसकेको छ। ती मध्ये केहीलाई फाँसी दिइसकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  गतवर्ष साउदी अरबको सरकारले १५८ जनालाई फाँसीको  सजाय दिएको थियो। २०१४ मा ८७ जनालाई फाँसी दिइएको थियो। साउदी सरकारले राजकुमारलाई पनि फाँसीको सजाय दिइसकेको छ।

मानवअधिकारवादी संगठन रिप्रिवको रिपोर्ट अनुसार साउदीको गोप्य अदालतमार्फत दोषीलाई सजाय दिने गरिन्छ। तर त्यसको विवरण  सार्वजनिक गरिँदैन। धेरै जसो फाँसीको सजाय लागु औषध ओसार पसार, मानव तस्कर तथा राजनीतिक हत्या गर्नेलाई दिने गरिएको छ। साउदी जस्तै अन्य खाडी मुलुकमापनि फाँसी दिने गरिन्छ।

खाडी मुलुक जँहा फाँसीको सजाय धेरै दिइन्छ, तर अन्य विश्वभरका दुई तिहाइ मुलुकमा फाँसीको कानुन रद्द गर्ने प्रक्रियामा छन्। अमेरिकामा पनि १८ राज्यले फाँसीको सजाय रद्द गरिसकेका छन्। एसियाका धेरै मुलुकमा पनि फाँसी दिने कानुन रद्द गर्नुपर्ने विषयमा चर्को वहश हुन थालेको छ। २०१५ मा विश्वभरमा १ हजार ६ सय ३४ जनालाई फाँसी दिइएको छ। एमनेस्टि इन्टरनेशनलका अनुसार गत वर्ष दिइएको फाँसी सन १९८९ पछिकै सबैभन्दा बढी हो।

साउदी सरकारले यही वर्ष हत्याको आरोपमा शाही परिवारका एक राजकुमारलाईसमेत फाँसी दिएको छ। फाँसी दिएका राजकुमारको नाम  तुर्की बिन सउद अल करिब हो। उनीमाथि साउदी नागरिक आदिल अल मोहम्मदलाई गोली हानी हत्या गरेको अभियोग लागेको थियो।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्