27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 12:27

TRENDING .

शाहरुखका छोरा र सैफ अलीकी छोरी एकसाथ देखिदै

- Advertisement -

एजेन्सी, बलिउड स्टारका सन्तानहरुले बाबुआमाको पदचिन्ह पछ्याउनु नौलो होइन । पछिल्लो समय अभिनेता शाहरुख खानका छोरा र सैफ अलि खानकी छोरी एकैसाथ फिल्म इन्डस्ट्रीमा कदम राख्दैछन् । उनीहरुलाई निर्देशन गर्नेछन् निर्देशक करण जौहरले ।

सैफ अली खानकी छोरी सारा अली खानलाई लिएर फिल्म बनाउने तयारी जौहरले पहिल्यै गरेका थिए । सो फिल्ममा ऋतिक रोशन नायक हुने चर्चा चलेको थियो । तर अहिले शाहरुख खानका छोरा आर्यन उनको जोडी बन्ने लगभग पक्का भएको छ ।

त्यसो त शाहरुख पुत्र आर्यन आफ्नो पढाईका सिलसिलामा लस एञ् जेलसमा छन् । उनी पढाई सकेर फर्केपछि मात्रै फिल्मको सुटिङ सुरु हुने छ । त्यसो त आर्यनले फिल्म खेल्नका लागि आफ्नो तयारी सुरु गरिसकेका छन् । उनले बिहिबार अचानक आफ्नो इन्स्टाग्राम अकाउन्ट डिलिट गरेर पूर्णरुपमा आफ्नो करिअरमा ध्यान दिन चाहेको संकेत गरेका छन् ।

शाहरुले केही दिनअघि आफ्नो छोरालाई फिल्ममा इन्ट्री गराउन लागेको इशारा गरेका थिए । उनले भनेका थिए, ‘म आर्यनलाई धेरैभन्दा धेरै फिल्म देखाइरहेको छु किनकी उसले चाँडै नै फिल्म स्कुल ज्वाइन गर्दैछ । मैले हालै राम्रा राम्रा अंग्रेजी र हिन्दी फिल्मको कलेक्सन पनि गरेको छु । ती सबै फिल्महरु आर्यनलाई देखाउनेछु जसमा केही फिल्म मेरा पनि हुनेछन् ।’

सैफ अलिकी छोरी सारा पनि बलिउडमा डेब्यूका लागि अभिनयको क्लास लिन थालेकी छिन् । उनकी आमा अमृताले आफ्नी छोरी अभिनय सिकेपछि फिल्ममा कदम राख्ने बताएकी छिन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्