पौष-४, बिबेक भण्डारी, नवलपरासीको देवचुलि नगरपालिकाले यहि पौष ९ गते थप १७ वटा टोललाई वातावरण मैत्री टोल घोषण गर्ने भएको छ। हल सम्म नगरपालीका भित्रका ८ वटा टोलहरु वातावरण मैत्री टोल घोषण गरि सकेको देवचुलि नगरपालीकाका वतावरण मैत्री स्थानिय शासन अधिकृत ध्रुव आचार्यले बताउनुभयो । आचार्यका अनुसार नगरपालिकामा रहेका उक्त टोलहरुमा आधार भुत सुचकहरु पुरा गरेको पाइएको हुदा वातावरण मैत्री घोषणा गर्न लागिएको जानकारी दिनुभयो । वातावरण मैत्री टोल घोषण गर्न वडा नम्बर ७ मा रहेको दवचुलि खानेपानी तथा सरसफाई उपभोक्ता अन्तरगतका टोलहरु रहेको साथै वतावरण मैत्री घोषणा गर्न न.प. वास परियोजनाले पनि सहयोग गरेको बताउनुभयो । आवस्यक सुचक पुरा गरिसकेको हुदा पौष ९ गते १७ वटा टोलहरु वतावरण मैत्री घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो । नगरपालिकालाई नै वातावरण मैत्री घोषणा गर्न नगरपालिकामा विभिन्न वातावरण मैत्री शासन अन्तरगतका कार्यक्रहरु अन्तरगत पोखरी निर्माण , पार्क, बृक्षा रोपण , तटब्नधन , नर्सरी निर्माण लगायतका कार्यहरु गरेको आचार्यले जानकारी दिनुभयो । पौष ९ गते एक कार्यक्रमको आयोजना गरि १७ वटा टोलहरुलाई वातावरण मैत्री घोषणा गर्ने बताउनुभयो ।