8.1 C
Kathmandu
Flowers in Chania

रुपन्देहीमा सिकार खेल्न जंगल गएका सिकारीकै बन्दुक पड्केर लाग्दा एक जनाको मृत्यु

- Advertisement -

बुटवल,पुस-४ ,  रुपन्देहीको पश्चिम सैनामैना मुर्गियामा सामुहिक रुपमा सिकार खेल्न जंगल गएकामध्ये एक जनाको बन्दुक पड्केर मृत्यु भएको छ । बन्दुक पडि्कएर सैनामैन, २ का बासु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलमा बन्दुक पड्केर घाइते भएका चौधरीको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका इन्सपेक्टर बसन्त राना मगरले बताए । ‘कस्तो बन्दुक र कसले पड्काएको भन्ने अझै स्पष्ट भएको छैन’ उनले भने ‘ घटनाको अनुसन्धान भइरहेको छ ।’ सिकार खेल्न भन्दै स्थानीय १० जनाको समूह पर्राेहा सामुदायिक बनमा गएका थिए ।  प्रहरीले स्थानीय ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।blaikhina-ad

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्