27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 01:51

TRENDING .

डिजेल र पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो

- Advertisement -

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो।

इण्डियन आयल कर्पोरेसन(आइओसी)ले मूल्यवृद्धि गरेर पठाएपछि निगमले मूल्य बढाएको हो। प्रतिलिटर ४ रुपैयाँ ५० पैसा भाउ बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेल लिटरको ७७ रुपैयाँ ५० पैसा पुगेको छ। यो मूल्य आइतबार रातिबाटै कार्यान्वयन आउनेछ। निगमले यसअघि पेट्रोल लिटरको ९७ रुपैयाँ, डिजेल र मट्टितेल ७३ रुपैयाँमा बिक्री गर्दै आएको थियो। blaikhina-ad

आइओसीबाट मूल्य बढेर आएको र भारतको सीमा क्षेत्रलाई समेत ध्यानमा राखेर मूल्य समायोजन गरेको निगमका प्रवक्ता भानुभक्त खनालले बताए। ‘ग्यास र हवाई इन्धनको मूल्य यथावत छ,’ खनालले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले मूल्य समायोजन गर्नु परेको हो।’ भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी सोही अनुरुपको मूल्य सूची नेपालमा पठाउँछ। त्यसका आधारमा मूल्य निर्धारण हुन्छ। निगमले स्वचालित मूल्य प्रणालीमा जाने बताए पनि लामो समयदेखि मूल्य समायोजन गरेको थिएन।

आइओसीबाट तेल ल्याएर बेच्ने गरेको छ। भारतमा पनि शनिबारदेखि पेट्रोल प्रति लिटरमा २.२१ भारु र डिजेल १.७९ भारु वृद्धि भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार नयाँ दिल्लीमा पेट्रोल प्रति लिटर ६८.२१ भारु र डिजेल ५६.३८ भारु पुुगेको छ। तेल उत्पादन तथा निर्यात गर्ने देशहरुले कच्चा तेलको उत्पादनमा कटौती गरे पछि मूल्य बढेको हो। कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलर माथि उक्लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्