27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 06:47

TRENDING .

सुनकोसीमा जीप खस्यो ७ को मृत्यु, एक बेपत्ता, एक गम्भीर घाइते

- Advertisement -

पुस-३, सिन्धुली, काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको जीप आइतबार दिउँसो रत्नावती गाविस–३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट सुनकोसी नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ३ महिलासहित ७ जना रहेका छन् । बा १२ च ८८९७ नं को स्कारपियो जीप लोकमार्गबाट करिब दुई सय मिटर तल सुनकोसी नदीमा खसेको थियो । मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङकट्टिؘ–७ का ५० वर्षीय साङदोर्जे शेर्पा,  ५७ वर्षीय बाले शेर्पा, ५० वर्षीया निवुटी शेर्पा, सोही गाविस वडा नम्बर ९ की ५० वर्षीया सर्कीनी शेर्पा र जीप चालक लमजुङ समिभन्ज्याङका अन्दाजी ४० वर्षका झपटबहादुर गुरुङ रहेका छन् । काठमाडौं गोलढुङ्गाकी ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ । उनको घुर्मीमा रहेको जनसेवा अस्पतालमा मृत्यु भएको हो ।

मृतक अर्का एकजनाको सनाखत हुन नसेको प्रहरीले जनाएको छ । जीपमा सवार ९ जनामध्ये एकजना बेपत्ता छन् । बेपत्ता हुनेमा सिन्धुपाल्चोककै दार्नर्बु शेर्पा रहेका छन् भने गम्भीर घाइते एक महिलाको उदयपुरको घुर्मीमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्