24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

भारतमा यस्तो चलन जहाँ युवतीहरुले अविवाहित युवकहरुलाई लखेटी लखेटी लठ्ठीले कुट्छन्

- Advertisement -Flowers in Chania

भारतको राजस्थानस्थित मारवाडमा एउटा अनौठो उत्सव मनाइन्छ । धींगा गवर भनिने उक्त उत्सवमा निकै अनौठो परम्परा निर्वाह गरिन्छ । जसमा अविवाहित युवतीहरुले अविवाहित युवकहरुलाई लखेटी लखेटी लठ्ठीले कुट्छन् । यसरी लठ्ठीले कुटिने युवकको बिहे पक्का हुन्छ ।

गवर मातालाई गाउँलेहरुले पार्वतीको रुपमा पूजा गर्दछन् । उक्त परम्परामा अविवाहित युवतीका साथै नवविवाहिता तथा विधुवा महिलाहरुले पनि भाग लिने गरेका छन् ।

वास्तवमा वैशालु युवा युवतीका लागि यो पर्व साटो फेर्ने पर्व पनि हो । युवकहरु वर्षभर मन परेकी युवतीलाई जिस्क्याएर हैरान पार्छन् । तर यो पर्वको एक दिन भने युवतीहरु अफूलाई हैरान पार्ने तन्नेरीलाई बाँसको लौरोले कुटीकुटी साटो फेर्छन् ।

यो पर्वलाई महिला स्वतन्त्रता तथा स्वच्छन्दताको पर्वको रुपमा पनि लिइन्छ । हरेक वर्ष गणगौर पूजापछिको वैशाख तृतीयामा यो पर्व मनाइन्छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्