पुस-२, नवलपरासी जिल्लाका विभिन्न स्थानमा महिला तथा पुरुषका लागि स्थायि बन्ध्याकरण सिविर हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीको स्विकृत बार्षिक कार्यक्रम तथा सुनौलो परिवार नेपालको सहयोगमा सन्तानको रहर पुगि सकेका दम्पत्तिहरुको निमित्त त्यस्तो शिविर हुन लागेको हो । जिल्ला स्वास्थ्य कार्यालयले सुचना जारी गदै पौष ४ गते देखि माघ ५ गते सम्म नवलपरासीका विभिन्न स्थानमा शिविर सुरु गर्न लागेको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यलयले नवलपरासीको प्रतापपुर देखि रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ सम्म सिविर सञ्चालन गर्न लागेको हो । जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका अनुसार मिनिल्याप तथा भ्यासेक्टोमी शिविर सञ्चालन गर्ने जनाएको छ। जस्मा सन्तानको रहर पुगि सकेका महिला वा पुरुषले सिविरबाट सेवा लिन पाउने छन । नवलपरासीको देवचुलि नगरपालिकामा रहेको दुम्कौलि प्राथमिक स्वास्य केन्द्र मतहतका स्थानिय र कावासोतीका स्थानियले भने पौष २८ गते देखि २९ गते सम्म कावासोती १६ डण्डामा रहेको मध्यविन्दु अस्पतालमा सिविर संञ्चालन गर्ने दुम्कौलि प्राथमि स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक डा छविलाल सुवेदीले बताउनुभयो । यसका साथै जिल्लाको हरपुर स्वास्थ्य चौकि , चिसापानि अस्पताल बर्दघाट , जिल्ला स्वास्थ्य कार्यलय , दुम्कीबास स्वास्थ्य चौकी , मध्यविन्दु अस्पताल डण्डा , गैडाकोट स्वास्थ्य चौकी , बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र , रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा सिविर संचालन हुने जिल्ला स्वास्थ्य कार्यलयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
- Advertisement -
- Advertisement -