27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:40

TRENDING .

भारतमा पेट्रोलको मूल्य बढ्यो, नेपालमा बढ्ने निश्चित

- Advertisement -

पुस -२, कच्चा तेलको मूल्यमा भएको भारी बढोत्तरीसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । पेट्रोल प्रति लिटरमा २.२१ भारु र डिजेल १.७९ भारु वृद्धि भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यो बढोत्तरीसँगै नयाँदिल्लीमा पेट्रोल प्रति लिटर ६८.२१ भारु र डिजेल ५६.३८ भारु पुगेको छ ।यसअघि ३० नोभेम्बरमा त्यहाँ पेट्रोल १३ पैसा महंगो र डिजेल १२ पैसा सस्तो भएको थियो ।

तेल निर्यातकर्ता देशहरुको संगठन ओपेक र उत्पादक देशहरुको अर्को संगठन नन ओपेकले हालै कच्चा तेलको कटौतिमा भारि कटौतिको निर्णय गरेसँगै अन्तराष्ट्रिय बजारमा मूल्यमा बढोत्तरी भइरहेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलर माथि पुगिसकेको छ । भारतका सरकारी तेल कम्पनीहरुले कच्चा तेलको ग्लोबल मार्केटमा बढ्दो मूल्यलाई नै यो पटक घरेलु मार्केटमा मूल्यवृद्धिको कारणको रुपमा प्रस्तुत गरेका छन् ।

भारतमा पेट्रोल र डिजेलको मूल्य बढेसँगै जनवरीदेखि नेपालमा समेत मूल्य बढेर आउने निश्चित भएको छ । भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्छ । नेपाललाई भने हरेक अंग्रेजी महिनाको सुरुवातमा इण्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूचि पठाउँछ । नेपाल आयल निगमका एक अधिकारीका अनुसार जनवरीको सुरुवातमा आउने मूल्यसूचि बढेर आउनेछ र आयल निगमसँग पनि यसपटक पेटोल र डिजेलको मूल्य वृद्धिको विकल्प छैन । कच्चा तेलको मूल्य बढिरहेका कारण भारतमा अर्को १५ दिन पुनः मूल्य बढ्ने देखिन्छ । दुईपटकको मूल्यवृद्धिलाई समेट्ने गरी नयाँ सूचि आउँदा नेपालमा जनवरीदेखि पेट्रोल र डिजेलको मूल्य प्रति लिटर ५ देखि १० रुपैयाँसम्म बढ्नसक्ने संभावना रहेको अधिकारीहरुले बताएका छन् ।नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ भारतबाट मात्र आयात हुन्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्