8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

मैले जहाँ टेक्छु त्यो मेरो सम्पत्ति, पुरै नेपाल मेरो सम्पत्ति हो : प्रचण्ड

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवन, पुस-२, सम्पत्ति विवरणको विषयलाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूरै नेपाललाई आफूले मेरो सम्पत्ति मानेको बताएका छन् । आज बिहान चितवनका पत्रकारसँग कुरा गर्दै उनले भने, ‘म नेपालको जहाँ-जहाँ पुग्छु, त्यो मेरो सम्पत्ति हो । अस्ती चन्द्रागिरि गएँ, त्यहाँ गएर पनि भनें यो मेरो हो ।’

प्रेस सेन्टर चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूले सम्पत्ति नलुकाएको र जे जति बाँकी छ त्यही देखाएको प्रष्टाए । हालै सरकारले सार्बजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री प्रचण्डको एक कठ्ठा जग्गा र तीन तोला सुन रहेको उल्लेख छ । त्यो पनि श्रीमती सीता दाहालको नाममा देखाइएको छ ।

पत्रकारहरुलाई प्रधानमन्त्री प्रचण्डले भने, ‘अंशबण्डा हुँदा मेरो भागमा डेढ बिगा जग्गा थियो । त्यसलाई बेचेर पार्टीमा लगाएँ । अहिले एक कठ्ठा बाँकी छ ।’ एक फरक प्रसंगमा उनले अहिले संविधान संशोधनको विषयलाई लिएर आन्दोलन गर्नुको तुक नभएको बताए । विगतमा कांग्रेस र एमालेले ल्याएको प्रस्तावलाई अहिले सरकारले संशोधनको रुपमा ल्याएको भन्दै उनले त्यसलाई स्वीकार गर्न आन्दोलनरत पक्षलाई आग्रह गरे । आफैले हस्ताक्षर गरेको संविधान संशोधन प्रस्तावलाई एमालेले अहिले राष्ट्रघाती भन्दा आफूलाई अचम्म लागेको उनले बताए ।

सरकारले हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्न र राष्ट्रिय एकता कायम गर्न संविधान संशोधन प्रस्ताव ल्याइएको र सबैलाई सर्वस्वीकार्य बनाइ चुनावको तयारीमा लागेको उनले बताए । उनले भने, ‘नयाँ संरचना अनुसार नै चुनाव गर्नुपर्छ । यसबारे कांग्रेस सभापति शेरबहादु्र देउवा र एमाले अध्यक्ष केपी ओली जीसँग कुरा भयो । तर, निष्कर्षमा पुगिएको छैन । फेरि बैठक बसेर निष्कर्षमा पुग्ने कुरा छ ।’ उनले चितवनबासीका लागि सरकारको तर्फबाट विशेष प्याकेज ल्याउने आश्वासन समेत दिए ।

आदिवासी जनजाती महासंघको महाधिवेशन उदघाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड चितवन आएका हुन् । उनले चितवनका कार्यकर्ताहरुसँग भेटघाट समेत गरेका छन् । त्यसअघि उनले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको अवलोकन समेत गरेका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!