24.1 C
Kathmandu
Thursday, March 28, 2024
Flowers in Chania

नवलपरासीको परासी क्षेत्र बन्द, सुनवल, भूमही, बर्दघाटलगायतका क्षेत्रमा बिरोध प्रदर्शन

- Advertisement -Flowers in Chania
परासी, पुस-१, प्रदेश नं. ५ बाट पहाडी जिल्ला अलग बनाउने गरी संविधान संशोधन प्रस्ताव पेश गरेको बिरोधमा आज परासी क्षेत्र पूर्ण रुपमा बन्द छ । पुस १ देखि ३ गतेसम्म रुपन्देही जिल्लामा आमहड्ताल आव्हान गरे अनुरुप एमाले नवलपरासीले पनि प्रदेश नं. ५ मा पर्ने परासी क्षेत्र बन्द आव्हान गरेको हो । बन्दका कारण यस क्षेत्रका पसल, व्यवसाय, शैक्षिक संस्था पूर्णरुपमा बन्द छन् । बन्दका कारण  सुनवलदेखि बर्दघाट पूर्ण रुपमा ठप्प छ । एमालेका कार्यकर्ताहरु सुनवल, भूमही, बर्दघाटलगायतका क्षेत्रमा बसेर बिरोध प्रदर्शन गरेका छन् ।
 नवलपरासीको दाउन्ने पूर्वमा पर्ने नवलपुर क्षेत्र प्रदेश नं. ४ मा रहेका कारण त्यस क्षेत्रको जनजीवन भने  सामान्य छ । दुम्किवासदेखि गैंडाकोटसम्मका सबै क्षेत्र खुला छन् ।
रुपन्देही जिल्ला ७२ घण्टासम्म बन्द रहने जनाएपनि परासी क्षेत्रमा भने साँझ ५ बजेदेखि सवारी साधनदेखि सबै क्षेत्र खुला रहने एमाले क्षेत्र नं. ४ का अध्यक्ष उमानाथ पोखरेलले जानकारी दिए । बन्द तीन दिनसम्म निरन्तर रहने एमाले परासीले जनाएको छ ।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्