8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

यात्रा गर्दा ख्याल गर्नुहोस है..पुस ७ देखि नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा अवरुद्ध हुदै छ, यस्ता छन् बैकल्पिक मार्ग

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवन, पुस-१, तराईलाई राजधानीसँग जोड्ने मुख्य नाका नारायणगढ-मुग्लिन सडक खण्ड स्तरोन्नतिका लागि दैनिक ४ घण्टा बन्द गरिने भएको छ । सडक मर्मतका लागि पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी साधन आवत-जावत रोकिन लागेको हो ।

दशैं अघि पनि यो सडक दैनिक चार घण्टा बन्द गरिएको थियो । आगामी पौष ७ गतेदेखि बिहान ११ बजेबाट ३ बजेसम्म पूर्णरुपमा सवारी साधन रोकेर निर्माण कार्यलाई तीव्रता दिने नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

‘विभिन्न कारणले यो सडक निर्माणमा समस्या आएको छ’ यादवले भने, ‘दुईघण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने भएकाले पौष ७ गतेदेखि हरेक दिन ४ घण्टा सडक बन्द हुन्छ, ।’

सडक निर्माणका क्रममा काठमाडौंबाट आउने सवारी साधनहरु मुग्लिनमा रोकिनेछन् भने नारायणगढतर्फ दासढुंगामा रोकिनेछन् । सडक स्तरोन्नतिका कारण आवागमन बन्द गर्नुपरेको स्पष्ट पार्दै आयोजनाले उक्त अवधिमा सकभर वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सडक फराकिलो पार्ने काम भैरहेकाले पश्चिमतर्फ जाने गाडीहरुलाई सिद्धार्थ राजमार्ग र पूर्वतर्फ जाने गाडीहरुलाई त्रिभुवन राजपथलाई विकल्पका रुपमा प्रयोग गर्न सुझाइएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!