27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 10:35

TRENDING .

नवलपरासीमा एकै साथ चार पत्रकार पुरस्कृत

- Advertisement -

कावासोती, पुष-१, । नेपाल प्रेस युनियन नवलपरासीले आज सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कारबाट चार जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार वितरण गर्नुभएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भूपेन्द्र शर्मा भट्टराई र नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्व अध्यक्ष एवम् नेपाल प्रेस युनियन नवलपरासीका पूर्वअध्यक्ष होम राज रानाभाटलाई सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कार २०७१ बाट पुरस्कृत गरिएको हो । त्यस्तै सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कार २०७२ बाट पत्रकार एवम् सूचना आयुक्त किरण पोख्रेल र सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कार २०७३ बाट शिक्षक मासिकका संपादक रामजी दाहाललाई पुरस्कृत गरिएको हो ।
मदनभक्त अधिकारीले आफ्नो पिता नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद सूर्यभक्त अधिकारी र माता पतनादेवी अधिकारीको स्मृतिमा पुरस्कार स्थापना गर्नुभएको हो । यो पुरस्कार २०६० सालदेखि नेपाल प्रेस युनियन नवलपरासीले निरन्तर प्रदान गर्दै आएको छ । पुरस्कार राशी ३५ हजार नगद र ताम्रापत्र रहेको छ । यसैबीच देउवाले भूपू शैनिकहरुको माग संबोधन गर्न आफू लागि पर्ने बताउनभको छ । कावासोतीमा भूपू सैनिकरुको राष्ट्रिय प्रशिक्षणमा सम्बोद्धन नेपाली कांग्रेसका सभापति देउवाल यस्तो बताउनुभएको हो । त्यस्तै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्थानीय निकायको निर्वाचन जसरी पनि गर्नु पर्नेमा जोड दिनुभएको हो । उहांले नेपाली कांग्रेसका लागि स्थानीय निकायको निर्वाचन जीवन मरणको विषय रहेको बताउनभयो । त्यस्तै देउवाले दिव्यपुरीमा रहेको नेपाल माविको स्वर्णमहोत्सव समारोहमा सम्बोद्धन समेत गर्नुभएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्