27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 03:56

TRENDING .

हप्ता दिनदेखि बढेको चिसोको कारण जिल्लाको जनजीवन प्रभावित

- Advertisement -

मंसिर-२९,कावासोती,  खगराज सापकोटा । हप्ता दिनदेखि बढेको चिसोको कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । त्यसको मार सबैभन्दा बढी विपन्न र गरिब समुदायलाई परेको छ । जसका कारण दैनिक मजदुरी गरेर खानेलाई छाक टार्न मुस्किल परेको छ । बाक्लो हुस्सुसँगै बढेको शितलहरले बिहान ९ बजेसम्म स्थानीयवासीहरु घरबाट निस्कन सकेका छैनन् । बिहानको समय सडकमा पनि सवारी साधन कम चलेका छन् । चिसो बढेपछि घर बाहिर आगो तापेर स्थानीयहरु बस्न थालेका छन् । कावासोती–१५ शेरगञ्जमा बसोबास गर्ने मुसहर बस्तीका बालबालिका बढी जाडोको कारण प्रभावित बनेका छन् । बिहान र रातको समय चिसो छल्नका लागि आगो तापेर बस्नुपर्ने बाध्यता रहेको छ । माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले विपन्न समुदायमा शितलहरको कारण जनजीवन प्रभावित बनेकाले न्यानो कपडाको आवश्यकता रहेको बताए । अघिल्ला वर्षहरुमा विभिन्न संघ संस्थाले यस क्षेत्रमा न्यानो कपडा तथा कम्बल वितरण गर्ने गरेको भए पनि अहिले छिट्टै जाडो बढे पनि कुनै पनि संघ संस्था र निकायको ध्यान नपुगेको बताए । पशु चौपायसमेत चिसोबाट प्रभावित बनेका छन् । जिल्लाको परासी क्षेत्रमा शितलहरले स्थानीय बढी प्रभावित बनेका छन् । जिल्लाको दैविक प्रकोप उद्धार समितिले शितलहरबाट प्रभावितका लागि के गर्ने भन्ने विषयमा छलफलको तयारी गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । अहिले शितलहरको कारण जनजीवन प्रभावित भएको खबर नआएको भए पनि यस क्षेत्रमा हरेक वर्ष शितलहरले असर पार्ने हुँदा पूर्वतयारीका लागि सरोकारवालासँग छलफल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्