27 C
Kathmandu
Saturday, October 31, 2020
2020 Oct 31, Saturday 01:20

TRENDING .

टिप्परको ठक्करबाट मृत्यु भएका मृतकका आफन्तले मागे २५ करोड क्षतिपूर्ति माग !

- Advertisement -

कावासोती, । नवलपरासीको वेणिमणिपुर गाविस ६ सर्दीमा रहेको होमसि सिमेन्टको टिप्परको ठक्करबाट मृत्यु भएका मृतकको आफन्तले क्षतिपूर्ति माग गर्दै शव पोष्टमाटम् गर्न दिएका छैनन् ।
सोमवार विहान होम्सि सिमेन्टको अनटेस्ट टिप्परले ना ११ प ९३८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा सोही कारखानामा कार्यरत कर्मचारी ३५ बर्षीय सुरेश काउछा मगरको मृत्यु भएको हो ।
मृतकको शव अहिले नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा रहेको मध्यविन्दु सामुदायिक अस्पतालमा रहेको छ ।
मृतकका आफन्तले मृतकका परिवारका पांच जनालाई पांच पांच करोडको दरले २५ करोड रुपैयां क्षतिपूर्ति, श्रीमतीलाई आजीवन पेन्सन, ३ छोरीलाई शिक्षा, स्वास्थ्य, विवाह खर्च, लालनपालन र श्रीमती मरेपछि छोरीहरुले पेनसन पाउनु पर्ने लगायतका माग राखेका थिए । मृतक मगरको एक आमा, एक श्रीमती र तीन छोरीहरु छन् ।
मध्यविन्दु अस्पतालमा मृतकका आफन्त र कारखानाका प्रशासकबीच भएको छलफलमा साइड इन्चार्ज जीवन निरौलाले मृतकका आफन्तलाई १० लाख मात्र क्षतिपूर्ति दिने जनाएपछि छलफल अगाडि बढ्न सकेको थिएन । मृतकका आफन्तले २५ करोड रुपैयां क्षतिपूर्ति माग गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक राजेश थापाले बताए ।
ईलाका प्रहरी कार्यालय नया“वेलहानीले दिएको जानकारी अनुसार दुम्किवास सर्दी सडक खण्डकमा ना ११ प ९३८८ नम्बरको मोटरसाईकलाई होम्सि सिमेन्टको अनटेस्ट टिप्परले ठक्कर दिदा ३५ बर्षीय सुरेश काउछा मगरको ज्यान गएको हो ।
दुर्घटनामा परि गम्भिर घाईते भएका मगरको उपचारको क्रममा मध्यविन्दु अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएर घटना स्थलमा प्रहरी नपुग्दै घटना स्थलबाट टिप्पर र मोटरसाइकल हटाएको, मगरका आफन्तलाई जानकारी नगराइकन उपचारका लागि अस्पताल लगिएको, घाइतेलाई एम्बुलेन्समा उपचारका लागि नलगि गाडीमा ल्याइदा बढी समय लागेको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन् ।
प्रहरी नायव उपरीक्षक थापाले मृतकका आफन्तले अझसम्म जाहेरी नदिएका कारण शव पोष्टमार्टम गर्न नसकिएको बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्