8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

नवलपरासीमा खोलाबाट अवैधरुपमा सामग्री निकासी गर्नेलाई ६५ लाख जरिवाना

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसिर-२७, कावासोती, खगराज सापकोटा। नवलपरासीको कावासोती स्थित केरुङ खोलाबाट स्टक सामग्री भन्दै ‘अवैध’ रुपमा खोलाजन्य सामग्री निकासी गर्दै आएको स्मृती निर्माण सेवालाई  ६५ लाख रूपैयाँ जरिवाना गर्ने जिल्ला अनुगमन समितिले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको अनुगमन समितिले अहिलेसम्मको खोलाको दोहनको प्राविधिक मूल्याङ्कनका आधारमा उक्त जरिवाना गरेको हो ।

यस अघि मंसीर २५ गते एलडिओ जीवलाल भुसाल आफै केरुङगे खोलामा उपस्थित भएर अवैध निकासी र उत्खनन गरीरहेका साधन शनिबार नियन्त्रणमा लिएका थिए । ‘म जिल्लामा आउने बित्तिकै सबैको गुनासो अबैध खोलाजन्य पदार्थको चोरी निकासी भन्ने आयो , त्यसैले आफै सहभागी भएर यो अभियानमा लागेको छु ’ भुसालको भनाई थियो ।
गत शनिबार मात्रै ३ वटा जेसीभी , २४ ओटा ट्रिपर र ५ ओटा ट्याकटर नियन्त्रणमा लिईएको थियो । बन कर्मचारी , प्रहरी , प्रशासन र जिविसको संयुक्त टोलीले विदाको दिन पनी विहानै खोलामा आएर अवैध भण्डारण गरीएका गिट्टी , वालुवा समेत नियन्त्रणमा लिएका थिए । स्थानीय विकास अधिकारी भुषालले आफुले कुनै पनि भनसुनमा अवैध काममा सग्ने लाई नछाड्ने चेतावनी दिदै  आएका थिए । खोलाको प्राविधिक मूल्याङ्कनमा १६ लाख २५ हजार घनफिट खोलाजन्य सामग्रीको अवैधरुपमा निकासी भएको प्रतिवेदन जिल्ला अनुगमन समितिले तयार गरेको थियो । प्रतिघनफिट  चार रूपैयाँ  दररेटका आधारमा जरिवाना गरिएको स्थानीय विकास अधिकारी एवम् अनुगमन समितिका सदस्य सचिव जीवलाल भुसालले बताए ।

एक हप्ता अगाडि जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना र स्थानीय विकास अधिकारी जीवलाल भुसालले स्थानीय गुनासो र राजनीतिक दलको समेत व्यापक गुनासो आएकाले पहिलो काम अवैध खोलाजन्य निकासी रोक्नमा सक्रियता देखाएका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!