8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

कपिलवस्तुमा सुरक्षा प्रमुख र अपराधी एउटै मञ्चमा , सुरक्षाकर्मीलाई छल्दै भाग्न सफल को हुन ति अपराधी ?

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसिर-२७ । हत्या डकैती र मुद्दामा अदालतबाट सजाय तोकेपछि फरार भई प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका कपिलवस्तु जिल्लाको पिपरा गाविसका नमिस खाँ सुरक्षा निकाय प्रमुखकै अगाडिबाट फरार हुन सफल भएका छन् ।

आइतबार जिल्लाको पिपरा गाविसमा एक कार्यक्रम थियो । पिपराको बुलाहिडवामा राखेको खुला दिशामुक्त घोषणा कार्यक्रममा आयोजकले नसिम खाँलाई पनि बोलाएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु ढकाल, प्रहरी उपरीक्षक भोजजंग शाह, सशस्त्र प्रहरी उपरीक्षक सुदेश गुरुङ लगात जिल्लाका सांसदसँगै खाँलाई पनि आसन ग्रहण गराइएको आजको नागरिक दैनिकमा समाचार छ ।

एक घन्टाभन्दा बढी समय मञ्चमा बसेका खाँलाई प्रहरीले पक्राउ गर्ने योजना समेत बनायो । तर, त्यसको सुइँको पाएपछि उनले कार्यक्रम सञ्चालकसँग माइक खोसेर आफूलाई बचाउन स्थानीसँग आग्रह गरे ।

उनले माइकमा बोल्नेवित्तिकै कार्यक्रममा सहभागिमाझ खैलाबैला मच्चियो । त्यसको केहीबेरमै उनी गाडीबाट भारततिर भाग्न सफल भए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!