27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:05

TRENDING .

संविधान संशोधन प्रस्ताव फेल भएपनि सरकार छाड्दैनौंः माओवादी नेता सापकोटा

- Advertisement -

मंसिर-२५, चितवन , नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले संविधान संशोधन प्रस्ताव फिर्ता हुन नसक्ने बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मधेसी, आदिवासी, थारुलगायतका मागलाई सम्बोधन गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको हुँदा फिर्ता नहुने दोहोर्याउनु भयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहितको सहमतिमा ती समुदायको माग अनुसार संविधान संशोधन गर्न दिएको प्रतिबद्धता अनुसार नै संशोधन प्रस्ताव पेस भएको उहाँले स्पष्ट पार्नुभयो । संविधान संशोधन हुन नसकेमा पनि सरकारबाट पार्टी नबाहिरिने बताउँदै उहाँले अहिले सरकारले निर्वाचन गराउने कुरामा केन्द्रित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “अब निर्वाचनतर्फ जानुपर्छ, जसले गर्दा संविधान कार्यान्वयन हुन्छ ।” ५ नं प्रदेशमा भइरहेको आन्दोलनप्रति इङ्गित गर्दै उहाँले सो आन्दोलनमा बाह्य चलखेल र घुसपैठ भएको हुँदा राष्ट्रवादी नेपाली सचेत हुनुपर्ने बताउनुभयो ।

कसैको इसारामा संविधान संशोधन प्रस्ताव पेस नभएको भन्दै उहाँले भारतीय दूतावासले हत्तपत्त प्रतिक्रिया दिएर पार्टीलाई भारतप्रस्त जस्तो देखाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । एक प्रश्नमा उहाँले कसैको इसारामा यो काम नभएकाले जिम्मेवार पत्रकारले प्रष्ट हुन आवश्यक रहेको बताउनुभयो ।

अर्को एक प्रश्नमा जटिल, पेचिलो र नगरी नहुने काम सङ्घीयता भएकाले यसबाट पछि नहट्ने पार्टीको अडान रहेको उहाँले बताउनुभयो । रासस

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्