24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

होसियार रहनुस ! चिसोमा चोरी बढी हुने गरेको छ

- Advertisement -Flowers in Chania

मंसिर-२५,।  हिउँद लाग्यो, चिसो बढ्यो, तर अपराधी समूहका लागि हिउँद भने तातो हुने गरेको छ । विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने समूहका लागि चिसो मौसम तातो हुने गरेको  छ । पुस र माघको कठ्याङ्ग्रिँदो चिसोमा उपत्यकावासी तातोको खोजीमा व्यस्त भएको मौका छोपी चोरहरू तात्ने गरेको प्रहरीको अनुभव छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गर्मीको मौसममा दिउँसो र चिसोमा राति चोरीका घटना बढी हुने गरेको आजको गोरखापत्रमा समाचार छ ।

महाशाखा चोरी शाखा प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बस्नेत भन्छन् , सर्वसाधारणको कमजोरी कारण चिसोमा चोरी बढी हुन्छ ।’ चिसोमा न्यानोभित्र गुटमुटिन हतार गर्ने भएकाले झ्यालढोका राम्रोसँग नलगाउँदा यस्तो समस्या आउने गरेको हो ।
त्यस्तै, घर, फल्याट तथा कोठामा भन्दा पसल, सटर र कोही नभएको एकान्तस्थलहरूमा चोरी बढी हुने गर्छ, महाशाखाका प्रहरी नायव उपरीक्षक बस्नेतले भने , यसका लागि सर्वसाधारण नै सचेत हुन जरुरी छ । राति सुत्दा होस् वा बिहान बाहिर निस्कँदा घरको झ्यालढोका राम्रोसँग बन्द गर्नुपर्छ ।

चिसोमा सुन तथा चाँदीका गरगहना तथा नगद बढी चोरी हुने गरेको छ । यो बेला भारतको बिहारका विभिन्न जिल्लाबाट समेत सङ्गठित रूपमा चोरहरू काठमाडौँ उपत्यकामा आउने गर्छन् । चोरी घटनाका अनुसन्धान अधिकृत केदार तिमिल्सेना भन्छन्, चोरी गरेपछि अपराधीहरू एकरात पनि राजधानी बस्दैनन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्