8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

तीर्थयात्री सवार बस दुर्घटना हुँदा चार जनाको मृत्यु २६ जना घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

२४ मंसिर, उदयपुर । उदयपुरमा यात्रुबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २६ जना घाइते छन् ।

खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री सवार बा ४ ख ३६२० नम्बरको बस उदयपुरको लेखानीमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

चालकसहित ४२ जना रहेको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये सप्तरीका १३ वर्षीय दिपेश रामको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । उनको पेटमा गम्भीर चोट लागेको थियो ।

 

गम्भीर अवस्थाका दुई जना घाइतेलाई उपचारका लागि धरानको घोपा अस्पताल रिफर गरिएको छ । अन्य २४ जनाको भने जिल्लास्थित कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!