27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 06:44

TRENDING .

पटक- पटक रोकिदै आएको भरतपुर–बर्दघाट प्रशारण लाइन निर्माणको काम ठप्पै रोकियो

- Advertisement -
मंसिर-२३, कावासोती,  भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइन निर्माणको काम ५ महिनादेखि पूर्णरुपमा ठप्प छ। प्रशारण लाइन निर्माणको काम गरिरहेको चीनको सेन्ट्रल चाइना पावर ग्रीड इन्टरनेशनल इकोनोमिक एण्ड ट्रेड कम्पनी लिमिटेड (सीसीपीजीआई) ले असारदेखि काम रोकेको छ। यसअघि निर्धारित समयमा काम सम्पन्न नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणले कुल लागतको १० प्रतिशतसम्म जरिवाना लगाउने निर्णय गरेको थियो। प्राधिकरणले जरिवाना तिराएपछि पटक- पटक काम रोक्दै आएको कम्पनीले असारदेखि पूर्ण रुपमा काम रोकेको छ। किन रोक्यो कम्पनीले काम? विद्युत प्राधिकरणले लगाएको जरिवाना फिर्ता लिनुपर्ने कम्पनीको अडान छ। भारतीय नाकाबन्दी र नेपाली पक्षबाट काम गर्ने स्थानको व्यवस्थापन हुन नसक्दा काम सम्पन्न हुन नसकेको कम्पनीको भनाइ छ। सन् २०१५ को डिसेम्बर सम्ममा सम्पन्न गरिसक्नुपर्ने प्रसारण लाइन निर्माणको अधिकांश काम भएको छैन। आयोजनाको लागि सन् २०१७ जुन ९ सम्मको लागि समय थप भएको छ। तर, प्रसारण लाइन निर्माणको काम रोकिएको कारण थप भएको समयमा समेत निर्माण कार्य सम्पन्न हुन सक्ने देखिदैन। कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको ७४ किलोमिटर लामो प्रसारण लाइन निर्माणको क्रममा २ सय ४६ ओटा पोल निर्माण गर्नु्पर्नेछ। जसमध्ये हाल सम्म ७० पोल मात्र निर्माण भएको छ। जग्गाको विषयमा विवाद आयोजना निर्माणको क्रममा जग्गा अधिकरणको विषयमा विवाद देखिएको छ। प्रसारण लाइन निर्माणको क्रममा स्थानीयबाट अधिकरण गर्नुपर्ने जग्गाको विद्युत प्राधिकरणले मुअब्जा कम राखेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए। उक्त उजुरीको बारेमा गृह मन्त्रालयबाट कुनैपनि जानकारी नआएको भरतपुर–बर्दघाट प्रशारण लाइन आयोजना प्रमुख दुर्गा बहादुर गुरुङले बताए। थप समय भित्र आयोजना निर्माणको काम सम्पन्न गर्न दातृ निकाय सहित विद्युत प्राधिकरणले समेत ठोस पहल गर्नुपर्ने उनले बताए।’स्थानीय जग्गा अधिकरणको बिषयमा मन्त्रालयसंग समन्वय गरिरहेको छु, केहि हप्तामा नै ठोस आदेश आउछ होला,’ गुरुङले भने। ठेकेदार कम्पनी सीसीपीजीआईले यसअघि पनि रकम भुक्तानीको विषयमा काम छोड्ने धम्की दिदै आएको थियो। रकम भुक्तनी नदिएको भन्दै कम्पनीले पटक पटक प्राधिकरणलाई पत्र लेख्दै काम छोड्ने धम्की दिने गरेको प्राधिकरण स्रोतले जनाएको छ। सम्झौता अनुसार विद्युत प्राधिकरणले आयोजनामा काम गर्न ठेकेदारलाई प्रशारण लाईन निर्माण मार्गमा पर्ने पर्याप्त जमीन, जंगल क्षेत्र र निजि जमिन जग निर्माण गर्ने अनुमति दिलाउन सकेको छैन। प्राधिकरणले वनसँग समन्वय गरी सहज रुपमा अनुमति दिलाउन नसकेर ठाउँ-ठाउँमा टुक्रा जमीन उपलब्ध गराएकाले पर्याप्त जनशक्ति एकसाथ परिचालन गरी काम सम्पन्न गर्न कठिनाइ भएको ठेकेदार कम्पनीको भनाइ छ। आयोजनाको काम रोकिएको लामो समय भइसक्दा समेत प्राधिकरणले ठोस कदम चल्न सकेको छैन्। नेपालको मध्यक्षेत्रमा रहेको महत्वपूर्ण प्रशारण आयोजना निर्माणमा भएको ठिलाइका कारण लोडसेडिङ मुक्त नेपालको अभियानलाई मूर्त रुप दिन बाधक बन्ने देखिएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्