8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

नवलपरासीको सुनवलमा हुन लागेको औद्योगिक व्यपार मेलाको तयारी पुरा उपरास्ट्रपतिले उदघाटन गर्ने

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसिर-२२, सुनवल, नवलपरासीको सुनवलमा आयोजना हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यपार मेला २०७३ को तयारी पुरा भइसकेको छ । मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म चल्ने उक्त मेलाको अन्तिम तयारी पुरा भइसकेको जानकारी पत्रकार सम्मेलन गरि आयोजक उद्योग बाणिज्य संघ नवलपरासीले जनाएको हो । उक्त मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलाको प्रमुख उदेश्य औद्योगिक विकास, धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास प्रवद्र्धन गर्ने रहेको संघका अध्यक्ष भिम बहादुर थापाले सम्मेलनमा जानकारी गराएका थिए । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि जिल्ला भरिको पर्यटियक क्षेत्र समेटिएको वृतचित्र तयार गरि देखाइने, बुद्धको मावली क्षेत्र भएको हुदा प्रवेशद्धारा मायादेवी मन्दिरको स्वरुपमा बनाइएको र रामग्राम स्तुपको नमुना समेत मेला स्थलमा बनाइएको छ । हेलिकप्टरबाट ति क्षेत्रको दृस्यावलोकन समेत गराइने जानकारी गराइएको थियो । हेलिकप्टरमा ७ मिनेटको टुर प्याकेजका लागि ५ हजार रहने बताइएको थियो । डुगाँ चढनका लागि मेला स्थलको उत्तर तर्फको खोलामा पोखरी बनाइएको छ । मेलालाई थप प्रभावकारी र आकर्षक बनाउनका लागि मेला स्थलमा पानी घट्टको नमुना,राउटे समुदाय,हिमाली चौरी गाई र उट लगायतका जनावरको समेत उपस्थिती गराई अवलोकन गराउने थापाले पत्रकार सम्मेलनमा जानकारी गराएको थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!