24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

उपचार अभावमा मृत्यु भएकी गुल्मीकी दुर्गाकुमारीका चार सन्तानलाई सहयोग गर्न अभियान सुरु

- Advertisement -Flowers in Chania

मंसिर-२२ ,  उपचार अभावमा मृत्युवरण गरेकी गुल्मी पुर्कोट दहकी दुर्गाकुमारी भुसालका चार सन्तानको शिक्षा तथा जीवनयापनमा सहयोग गर्न अभियान सुरु भएको छ । आर्थिक अवस्था निक्कै कमजोर रहेको भुसाल परिवारलाई छिमेकी गाविस बाँझकटेरीको मदाने युवा क्लबले फेसबुकमार्फत सहयोग संकलन अभियान सुरु गरेको हो । गत मंसिर १४ गते मदाने युवा क्लव बाँझकटेरीको फेसबुक पेजमा पुर्कोटकी दुई बालिकाले आमाको किरिया गर्दै गरेको तस्वीरसहित परिवारको आर्थिक अवस्था नाजुक भएकाले उनीहरुको जीवनयापनमा सहजता र शिक्षाका लागि सहयोग गर्न सबैमा अपील गरिएको थियो ।

त्यसपछि देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् । अभियान सुरु भएको एक सातामै करीव ७० व्यक्ति तथा संस्थाबाट १ लाख ४२ हजार रकम जम्मा भइसकेको छ । काठमाडौंमा बस्दै आएका क्लबका चार पदाधिकारीको सक्रियतामा भइरहेको सहयोग संकलन अभियान अझै केहि समय जारी रहने क्लवका अध्यक्ष जयप्रकास भुसालले जानकारी दिए ।

उनले भने, ‘छिमेकी गाविसका बहिनीहरुले दुखः पाएको हामीले हेर्न सकेनौं, उनीहरुले जीवनपायन र शिक्षामा केहि सहयोग गर्न सकिएला कि भनेर अभियान सुरु गरेका हौं । तर, हामीलाई छोटो समयमै धेरैले साथ दिनुभयो, म उहाँहरुप्रति आभारी छु ।’ साथै अध्यक्ष भुसालले संकलित रकम पारदर्शी ढंगले पुस पहिलो सातासम्म पुर्कोटस्थित घरमै गएर हस्तान्तरण गरिने जानकारी दिए । सहयोग संकलन अभियानमा क्लवका बरिष्ठ उपाध्यक्ष शिशिर भुसाल, सचिव बिक्रम जीएम र सहसचिव बिमलप्रसाद भुसालको सक्रिय सहभागिता छ । साथै गुल्मेली कलाकार सन्तोष लम्सालले पनि यो अभियानमा सहयोग गर्दै आएका छन् ।

समयमै उपचार नपाएपछि गत मंसिर ३ गते ६ दिनकी सुत्केरी दुर्गाकुमारी भुसालको मृत्यु भएको थियो । बाबुले ६ दिनकी छोरीको हेरचाह गर्नुपरेको र आर्थिक अवस्था कमजोर भएका उनीहरुका लागि किरिया बसिदिने कोहि नभएपछि १३ बर्षीया मालता र ११ बषर्ीया संगीताले ७ र ४ कक्षाको पढाइ छाडेर आमाको किरिया बसेका थिए । मृतक दुर्गाका अन्य दुई छोरीहरुपनि छन् । सात बर्षअघि स्थापना भएको मदाने क्लवले स्थानीय क्षेत्रमा बिभिन्न सामाजिक सुधार तथा समाजसेवाको काम गर्दै आएको छ । उनीहरुको शिक्षाका लागि भन्दै चीनमा र काठमाडौंमा गरी २ लाखभन्दा बढी रकम छुट्टै संकलन भइसकेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्