24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

उपराष्ट्रपति पुन आज नवलपरासी आउने, के छन् उनका कार्यक्रम हेर्नुहोस

- Advertisement -Flowers in Chania

सुनवल, मंसिर-२२, उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबारदेखि नवलपरासीको सुनवलमा सञ्चालन हुुने पश्चिमाञ्चल स्तरीय नवलपरासी औद्योगिक व्यापार मेला उद्घाटन गर्ने सिलसिलामा आज साँझ नवलपरासी आउने भएका छन्।

मेला मूल आयोजक समितिका संयोजक भीमबहादुर थापाका अनुसार उपराष्ट्रपति पुन आजै नवलपरासी आई सुनवलस्थित लोटस रिसोर्टमा बस्ने कार्यक्रम छ। सो क्रममा उपराष्ट्रपति पुनले आजै साँझ जिल्लाका सरकारी कार्यालयका प्रमुख र जिल्लाका वरिष्ठ उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति पुन बिहीबार बिहान भगवान् गौतमबुद्धको अस्थीधातु रहेको नवलपरासीको रामग्राम स्तुपाको अध्ययन, अवलोकन गर्ने कार्यक्रम छ भने बिहीबार दिउँसो औद्योगिक व्यापार मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नवलपरासीमा आगामी मङ्सिर २३ गतेदेखि सञ्चालन हुन लागेको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । ‘शान्त समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार’ भन्ने नाराका साथ उद्योग वाणिज्य सङ्घ नवलपरासीको मुख्य आयोजनामा जिल्लाको सुनवलमा सञ्चालन हुने मेला आगामी पुस ३ गतेसम्म चल्नेछ ।

कृषि, पर्यटन, उद्योग व्यापार एवम् सूचना प्रविधिको बृहत् प्रदर्शन रहेको मेलामा यससम्बन्धी करिब तीनसय स्टल रहनेछन् । मेलाको कुल तीनलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा करिब १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको आयोजक उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक भीमबहादुर थापाले बताए।

मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने अनुमान छ। मेलाको मुख्य आकर्षणका रुपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहनेछ।

तेस्रोपटक उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको यस वर्षको मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रुपमा रहेको छ। रासस

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्