8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

सत्तापक्षले ५ नम्बर प्रदेशको आन्दोलनका अगुवामाथि हत्याको योजना बनायो: एमाले

- Advertisement -
- Advertisement -spot_imgspot_img

२२ मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ५ नम्बर प्रदेशको आन्दोलन दबाउन सत्ता पक्षले अपराधिक समूह परिचालन गरेर आन्दोलनका अगुवाको हत्या योजना बनाएको आरोप लगाएको छ ।

मंगलवार साँझ भैरहवामा उद्योग वाणिज्य महासंघका उपाध्यक्षमाथि गोली प्रहारको घटनालाई गम्भीरतापूर्वक लिँदै एमालेले सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ ।

तराईका बिभिन्न जिल्लामा सत्तापक्षले निर्णय गरेरै आन्दोलनकारीको प्रतिकार गर्ने भन्नु र गोली प्रहार हुनुलाई संयोगमात्र मान्न नसकिने एमाले महासचिव ईश्वर पोखरेलले बताए ।

‘यो सामान्य घटना होइन, उद्योग वाणिज्य महासंघको अगुवाइमा प्रदेश विभाजन विरुद्ध विशाल प्रदर्शन भएलगत्तै उपाध्यक्षमाथि गोली प्रहार भएको छ’ एमाले महासचिव पोखरेलले भने ‘अन्यत्र पनि हाम्रा नेता कार्यकर्ता र आन्दोलनकारी जनतामाथि धम्की आएका छन् ।’

भैरहवाको गोली काण्डलगत्तै एमालेका शीर्ष नेताहरुले प्रहरी उच्च अधिकारीहरुसँग समेत सोधपुछ गरेको स्रोतले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!