27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 12:38

TRENDING .

नवलपरासीको पहाडी क्षेत्रमा एक सातादेखि रोक लगाइएको सवारीसाधन सञ्चालनमा आए

- Advertisement -

मंसिर-२१, खगराज सापकोटा, नवलपरासीको पहाडी क्षेत्रमा एक सातादेखि रोक लगाइएको सवारीसाधन सञ्चालनमा आएको छ । क्षमताभन्दा बढी भारका कारण बुलिङटार–८ बतासामा जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएपछि प्रहरीले पूर्व–पश्चिम राजमार्ग उत्तर ग्रामीण सडकमा जीप सञ्चालनमा रोक लगाएको थियो । सवारी नचल्दा पहाडी १५ गाविसका स्थानीयलाई प्रशासनिक कामदेखि किनमेलका लागि बजार आउन समस्या भएको थियो । पहाडी कच्ची बाटोमा यात्रुसहित अत्याधिक सामग्री लोड गरेर यात्रु बोक्ने कारण सवारी सञ्चालनमा रोक लगाए पनि स्थानीय बासिन्दाको सहजताका लागि पुन: सवारी सञ्चालनमा ल्याउन दिएको प्रहरीको भनाइ छ । प्रहरी र व्यवसायीको बीचमा जीपको हुट नराख्ने, यात्रु नझुण्डाउने तथा क्षमताभन्दा बढी भार नबोक्ने सहमति भएपछि सवारी सञ्चालनमा आएको हो । जिल्लाको पूर्व–पश्चिम राजमार्गबाहेक अन्य ग्रामीण सडकमा रुट परमिट बिना नै यातायात सञ्चालन भइरहेको छ । जिल्लाको गैडाकोटदेखि सुनवलसम्मको पूर्व–पश्चिम राजमार्ग छुने दलदले, कावासोती, दुम्किबास, बर्दघाट , भुमही लगायत एक दर्जन स्थानबाट उत्तर र दक्षिण ग्रामीण क्षेत्रमा वर्षौदेखि यातायात सञ्चालन भइरहेका छन् । कच्ची बाटो, घुमाउरो सडक र हरेक बर्षात्मा पहिरोको कारण सडकको अवस्था जीर्ण हुँदा दुर्घटनाको जोखिम समेत उच्च रहेको छ । गाउँगाउँमा सवारीसाधन पुऱ्याउने होडबाजीको कारण पनी प्राविधिकबिना नै पहाडी क्षेत्रमा सडक खन्ने र यातायात चलाउने गर्दा दुर्घटनाको थप जोखिम बढेको हो । भित्री सडकमा मात्र सयभन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्